STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आयल निगमले घटायो इन्धनको मूल्य

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १२, आइतबार

काठमाडौं - सरकारको निर्णयअनुसार आयल निगमले इन्धनको मूल्य घटाएको छ । सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएपछि शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएर १७९ रुपैयाँ बनाइएको छ भने डिजेल र मट्टितेलमा २९ रुपैयाँ प्रतिलिटर घटाएर १६३ रुपैयाँ बनाइएको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Categorized in बिजनेस