STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७८ मङ्सिर १, बुधबार

    स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

    १ मंसिर, काठमाडौँ - सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ। नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको छ। व्यक्तिगत करदाता २४ लाख ७१...

  • २०७८ मङ्सिर १, बुधबार

    दूरसञ्चार कम्पनी बन्यो उत्कृष्ठ करदाता, कर दिवसमा सम्मानित

    १ मंसिर, काठमाडौँ - सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ। दशौँ कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरुलाई सम्मान गरे । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदता बनेको छ। यस्तै, निर्यात कारोबारबाट...

  • २०७८ कार्तिक २४, बुधबार

    पेट्रोल-डिजेलमा फेरि ३ रुपैयाँ बढ्यो, ग्यास प्रतिसिलिण्डर १५७५

    २४ कार्तिक, काठमाडौं - नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो । यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति...

  • २०७८ कार्तिक २३, मंगलबार

    सनराइज बैंकले शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने

    कात्तिक २३, काठमाडौं - सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७-७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र...

  • २०७८ कार्तिक २१, आइतबार

    नेपालमा १ करोड २१ लाख नाघे फोरजी प्रयोगकर्ता

    २१ कार्तिक, काठमाडौं - नेपालमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड २१ लाख रहेका छन्। कुल ग्राहकमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको रहेका छन्। नेपाल टेलिकमले २०७३ पुसबाट काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरेको थियो। फोरजी भित्र्याएको ५ वर्षमा टेलिकमले ६२ लाख ६८ हजार ग्राहक पुर्याएको छ। २०७४ सालबाट फोरजी विस्तार सुरु गरेको एनसेलको ग्राहक संख्या भने ५७ लाख २५ हजार रहेका छन्। नेपालको तेस्रो मोबाइल...

  • २०७८ कार्तिक १७, बुधबार

    धनतेरसमा बिक्यो ६१ करोडको सुनचाँदी

    १७ कात्तिक २०७८, काठमाडौँ - गहना व्यवसायीका लागि महत्त्वपूर्ण मानिने धनतेरसको दिनमा ६१ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री भएको छ । मंगलबार एकैदिन सुन ५० किलो र २ हजार किलो चाँदी बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने। ‘मंगलबार प्रतितोला सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । उक्त रेटको आधारमा एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ । ५०...

  • २०७८ आश्विन २४, आइतबार

    के के मानन्धरकाे नयाँ नेतृत्वमा मध्यपुर थिमि सहकारी

    मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा के के मानन्धरकाे रुपमा संचार जगतमा परिचित कृष्ण काजी मानन्धर नेतृत्वकाे ७ सदस्यीय नयाँ सञ्चालक समिति छनाेट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाकाे १४ अाैं वार्षिक साधारणसभामा उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, काेषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा. उज्ज्वल जाेशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम...

  • २०७८ आश्विन १७, आइतबार

    इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

    पोल प्रयोग गरेबापतको भाडा नतिरेको भन्दै इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरूको तार काट्ने अभियान सुरु गरेको विद्युत् प्राधिकरण उक्त अभियानबाट पछि हटेको छ । बढाएको शुल्कअनुसार विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापतको भाडा नतिरेको र नवीकरण पनि नगरेको भन्दै शनिबारदेखि इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायकहरूको तार काट्ने अभियान प्राधिकरणले सुरु गरेको थियो । ...

  • २०७८ आश्विन १३, बुधबार

    वीरगञ्ज भन्सारमा दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

    वीरगञ्ज - मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८-७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो । कार्यालयका अनुसार चालु आवमा रु एक खर्ब ९८ करोड १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा हालसम्म वार्षिक...

  • २०७८ आश्विन १२, मंगलबार

    चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउनू : संसदीय समिति

    संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस्तो निर्देशन दिएको हो ।  समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्रीहरू अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए...

  • २०७८ आश्विन ४, सोमबार

    आजबाट नयाँ नाेट साट्न पाइने

    काठमाडौं - सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिए । सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताए ।...

  • २०७८ भाद्र ३१, बिहिबार

    शुक्रबारदेखि पोखराका रात्रीकालीन व्यवसाय खुल्ने

    पोखरा - कोराेना महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका पोखराका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको आदेशमा भनिएको छ, ‘नाचघर, क्लब, डान्सबार, दोहोरीजस्ता रात्रीकालीन...

Pages