STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोल-डिजेलमा फेरि ३ रुपैयाँ बढ्यो, ग्यास प्रतिसिलिण्डर १५७५

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २४, बुधबार

२४ कार्तिक, काठमाडौं - नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो । यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

Categorized in बिजनेस