STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

के के मानन्धरकाे नयाँ नेतृत्वमा मध्यपुर थिमि सहकारी

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २४, आइतबार

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा के के मानन्धरकाे रुपमा संचार जगतमा परिचित कृष्ण काजी मानन्धर नेतृत्वकाे ७ सदस्यीय नयाँ सञ्चालक समिति छनाेट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाकाे १४ अाैं वार्षिक साधारणसभामा उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, काेषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा. उज्ज्वल जाेशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ छानिएका छन् । 

तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयाेजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाकाे विनियम बमाेजिम ऋण उपसमिति र शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियाे । ऋण उपसमितिमा संयाेजक प्रेमसुन्दर श्रेष्ठ, सदस्य तुलसीराम श्रेष्ठ र सुरेश बज्राचार्य निर्वाचित भएका छन् । त्यस्तै शिक्षा उपसमितिमा संयाेजक डा. उज्ज्वल जाेशी र सदस्यहरूमा क्रमशः नरेन्द्र श्रेष्ठ र कृष्ण सुन्दर प्रजापति छानिएका छन् । 

संस्थाले अार्थिक वर्ष २०७७/०७८ काे वार्षिक साधारणसभाकाे उद्‌घाटन सत्र गत हप्ता अर्थात असाेज १६ गते शनिबारै सम्पन्न गरेकाे थियाे । 

नियामक निकायले निर्देश गरेबमोजिम याे वर्ष सीमित सदस्यहरूकाे उपस्थितिमा कार्यक्रम गर्नुपर्ने बाध्यतालाई मध्यनगर गरि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समितिका महानुभावहरूकाे भाैतिक उपस्थिति र अन्य सदस्यहरूकाे अनलाइन उपस्थितिमा कार्यक्रम सम्पन्न गरेकाे हाे । संस्थाकाे सभाहलमा जुम सफ्टवेयर मार्फत सम्पन्न भएकाे कार्यक्रमकाे प्रत्यक्ष प्रशारण संस्थाकाे फेसबुक पेजमार्फत गरेकाे थियाे ।

संस्थामा एक हजार ३ सय २८ जना सेयर सदस्यहरू छन् जसमा महिला ५१२ र पुरूषहरूकाे संख्या ८१६ हाे । सहकारी संस्थाकाे चालू अा.व.मा जम्मा दायित्व १५ कराेड ७१ लाख ९१ हजार ९९३ रूपियाँ पुगेकाे छ ।

यसअघि, साधारणसभाकाे एक हप्ते कार्यक्रमहरू बारे सुचना प्रसार गर्न प्रत्येक सदस्यहरूकाे घरघरमै पुगेर वार्षिक साधारणसभा सम्बन्धिकाे आमन्त्रण पत्र पठाइएको थियाे । साेही सुचना संस्थाकाे सुचना पाटी, विभिन्न पत्रपत्रिका, टाेलटाेलमा टाँगिएको टुल, संस्थाकाे सामाजिक सञ्जालकाे पेजमा पाेस्ट गरिएकाे छ ।

विशेषगरी निर्वाचन समितिमा संयाेजककाे भूमिकामा रहनुहुने गाैरीशरण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रतिनिधि सुरेश राई तथा रूपा श्रेष्ठप्रति आभारी छाैं । त्यस्तै, साधारणसभा अन्तर्गत उद्‌घाटन सत्रकाे प्रत्यक्ष प्रशारण गर्नमा संयाेजन गर्ने नरेन्द्र श्रेष्ठ, सुरेन्द्र तूबन्जा श्रेष्ठ, सुन्दर श्रेष्ठ, डा. उज्ज्वल जाेशी, वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने संस्थाका काेषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ, सुचना प्रसार गर्नेमा सहकार्य गर्नुहुने राजकुमार नापित, रमेश थुसा श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, राजेन्द्र चक्रधर तथा अन्य महानुभावहरूप्रति सो संस्था ले  आभार व्यक्त गरेका छन् ।

Categorized in बिजनेस