STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७७ आषाढ २४, बुधबार

    एउटा दुरसञ्चार प्रदायककाे २ वटा मात्रै मोवाईल सिम लिन पाउने नियम आउँदै

    सरकारले अव एक ब्यक्तिको नाम २ वटा मात्रै मोवाईल सिम लिन पाउने ब्यवस्था गर्न लागेको छ । मोवाईल सेवा प्रदायक कम्पनीहरुलाई सरकारले पत्राचार गरी उक्त ब्यवस्था लागू गर्न पनि आग्रह गरेको छ । यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन । मोवाईल सिमको प्रयोग गरी अपराध गर्ने काम अत्याधिक बढेपछि सरकारले मोवाईल सेवा प्रदायकहरुलाई उक्त निर्देशन दिएको बताइएको छ । अब भने एक व्यक्तिले...

  • २०७७ आषाढ २४, बुधबार

    ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन

    काठमाडौं -  लामो समय देखि थन्क्याएर राखेका ट्याक्सी ब्यवसाय अब सञ्चालन हुने भएकाे छ । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यसअघि लगानी डुब्न लाग्यो भन्दै व्यवसायीहरुले  सरकारको ध्यानाकषर्ण गराएका थिए । कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनको अवधीभरी ट्याक्सी थन्क्याएर बसेका ब्यवसायीहरु यो समाचारले खुसी हुने भएका छन् । तर ट्याक्सी सञ्चालनका लागि केही...

  • २०७७ आषाढ २३, मंगलबार

    शेयर बजार ३७ अङ्कले बढ्यो

    काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.७१ अङ्कले बढेर २८२.५९ मा पुगेको छ । कुल १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता शेयर रु एक अर्ब २१ करोड २४ लाख २६ हजार २६७ मा खरिदबिक्री भए । आज कारोबार भएका कुल १२...

  • २०७७ आषाढ २३, मंगलबार

    बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव

    काठमाडौँ : मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले आज प्रतिवेदन पेश गरेको छ । समितिका सदस्य रामकुमारी झाँक्री संयोजक, प्रमिला राई, मेटमणि चौधरी, रामबाबु कुमार यादव र हेमकुमार राई सदस्य रहेको उपसमितिले झण्डै एक वर्ष लगाएर अध्ययन गरेको प्रतिवेदन आज पूर्ण समितिमा पेश भएको हो । समितिले २०७६ साउन २९ गते उक्त उपसमिति गठन...

  • २०७७ आषाढ २२, सोमबार

    गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न

    काठमाडौँ : भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ । भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई गरगहना परीक्षणमा अपनाउनुपर्ने विधिबारे प्रशिक्षण, यस क्षेत्रमा हुनसक्ने ठगी र पछिल्लो समयमा विकास भएका प्रविधिको...

  • २०७७ आषाढ २२, सोमबार

    दोहोरो अङ्कले बढ्यो नेप्से

    काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह...

  • २०७७ आषाढ २१, आइतबार

    ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत...

  • २०७७ आषाढ १९, शुक्रबार

    ठमेलका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने

    काठमाडौँ : पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ । पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् । कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुदाँ त्यस क्षेत्रमा २७० कोठा...

  • २०७७ आषाढ १८, बिहिबार

    बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

    किरण पौड्याल : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको...

  • २०७७ आषाढ १८, बिहिबार

    नेप्सेमा नकारात्मक सर्किट

    काठमाडौँ : कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो । स्टकका अनुसार आज नेप्से ८०।४१ बिन्दु अर्थात ६।०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६।११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १७।९९ बिन्दु अर्थात ६।२७ प्रतिशतले ओरालो लागेको छ । कूल १४२ कम्पनीको...

  • २०७७ आषाढ १४, आइतबार

    बढ्यो सुनको भाउ

    काठमाडौँ : कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ । एक तोला...

  • २०७७ आषाढ १३, शनिबार

    लकडाउनको भाडा मिनाहा गर्न व्यवसायीको माग

    काठमाडौं । लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो । महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार जारी गरेको...

Pages