STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७७ मङ्सिर २४, बुधबार

    भन्सार छली ल्याएका तीन लाख बराबरको सामान बरामद

    मोरङ – झापा र मोरङ जिल्लाको सिमानाका एरियाबाट अवैध रुपमा भन्सार छली ल्याएका करिव तीन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतीय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर(७ सतिघट्टा एरियाबाट बरामद गरेको हो । यसै गरी...

  • २०७७ मङ्सिर १८, बिहिबार

    सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

    स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   प्रतितोला रु ९० हजार ५५० मा बुधबार...

  • २०७७ मङ्सिर १७, बुधबार

    ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

      ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने...

  • २०७७ मङ्सिर १४, आइतबार

    नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल विजयी

    काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । उवासंघको ५४ औ बार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।   योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    कोरोना प्रभावित उद्योगलाई ५ प्रतिशत ब्याजमा कर्जा

    काठमाडौँ – कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायका श्रमिकहरुको पारिश्रमिक भुक्तानी र व्यवसायलाई निरन्तरता दिनका लागि सञ्चालन पूँजी उपलब्ध गराउन सरकारले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा कोभिड १९बाट प्रभावित भएका उद्योग व्यवसायहरुको व्यवसायिक क्रियाकलापलाई निरन्तरता दिने उद्देश्यबाट ५० अर्बको कोष स्थापना गर्नेगरी मन्त्रिपरिषद्को बैठकले...

  • २०७७ कार्तिक २५, मंगलबार

    तिहार बिदामा बैंकहरु नखुल्ने

    काठमाडौं – दसैं बिदामाजस्ताे तिहार बिदामा पनि बैंकहरूले आफ्ना सबै शाखा बन्द गर्ने भएका छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । यस समय डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने बैंकहरूले जनाएका छन् । कोभिड-१९ कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकोले जाेखिम घटाउन तिहार बिदामा बैकहरूले सबै शाखा बन्द गर्ने जनाएका हुन् । 

  • २०७७ कार्तिक २५, मंगलबार

    एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ४ सयले घट्यो

    काठमाडौं – आज एकैदिन सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो । अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना विरुद्धको खोपमा सफलता मिल्नुले सुनचाँदीको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । कोभिड-१९ विरुद्धको...

  • २०७७ कार्तिक १९, बुधबार

    बीमालेखको दावी रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन

    काठमाडौं – अर्थमन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । कोरोना बीमा दावी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणिच भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको...

  • २०७७ कार्तिक १८, मंगलबार

    सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो

    स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो ।...

  • २०७७ कार्तिक १३, बिहिबार

    तीन महिनादेखि बन्द तातोपानी नाका पुनःसञ्चालन

    चौतारा – नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।  दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने...

  • २०७७ कार्तिक १२, बुधबार

    चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

    दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ ।  दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको...

  • २०७७ कार्तिक ४, मंगलबार

    दशैंँमा बैंकहरू नखुल्ने

    काठमाडौँ -कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखाेल्ने भएका छन् ।  गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका...

Pages