STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ माघ १५, बुधबार

    दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने

    नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको कृषिमा आबद्ध कूल जनसङ्ख्याको ५० प्रतिशत कृषकले भैँसीपालन गर्दै आएका छन् । करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ्य उत्पादनमा छ प्रतिशत योगदान रहेकाले समेत यसको व्यावसायिक विकासका लागि राष्ट्रिय रणनीति बनाउनुपर्ने आवश्यकता महसुस भएपछि आगामी दुई महिनाभित्र पहिलो पटक १० वर्षे...

  • २०७६ माघ १५, बुधबार

    रु सत्तरी लाखको सुन्तला उत्पादन

    यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिनुभयो । सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । यस क्षेत्रमा गत वर्ष पनि रु ८० लाख बराबरको...

  • २०७६ माघ १४, मंगलबार

    गमला बनाएर मासिक ५० हजार कमाई

    झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उहाँले गमला बनाएर नै घर धान्नुभएको छ । शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उहाँले गमला मात्रै बनाउनुहुन्छ । ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उहाँसहित उहाँका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कनुहुन्छ...

  • २०७६ माघ १३, सोमबार

    सुन तोलाको ५०० ले बढ्यो

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य...

  • २०७६ माघ १०, शुक्रबार

    परीक्षणमा नै राम्रो उत्पादन टनेलको गोलभेँडा बजारमा

    पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन् । उत्पादित गोलभेँडाको माग पनि बढेको छ । जिल्लामै नमूनाका रूपमा ठूलो क्षमताको उच्च प्रविधिको हाइटेक टनेलमा गत असोजमा बेर्ना तयार पारी कात्तिकमा लगाइएको नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले जानकारी...

  • २०७६ माघ ९, बिहिबार

    सबै स्थानीय तहमा बैंकका शाखा लक्ष्य नजिक सरकार

    सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्थानीय तहमा नै बैंक तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्यसमेत भएको छ । केन्द्रीय बैंकका...

  • २०७६ माघ ८, बुधबार

    बाँकेमा व्यावसायिक जडीबुटी खेती

    जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिकरूपमा यसको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । वनस्पतीय जडीबुटी खेतीका लागि बाँके राम्रो सम्भावना बोकेको जिल्ला भएको वनस्पति उद्यान केन्द्र, बाँकेका...

  • २०७६ माघ ८, बुधबार

    घट्यो सुन तोलामा रु ५००

    सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि...

  • २०७६ माघ ७, मंगलबार

    झिनो अङ्कले बढ्यो नेप्से

    धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३।३६ विन्दुले बढेर एक हजार ३२०।४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।९० ले बढेर २८४।४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६...

  • २०७६ माघ ६, सोमबार

    सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

    यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ । अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी गर्नुभएको छ भने गतवर्ष रु ३६ लाख आम्दानी...

  • २०७६ माघ ६, सोमबार

    नेप्सेमा साढे २६ अङ्कको गिरावट

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६।५४ विन्दुले घटेर एक हजार ३१७।११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४।८६ ले घटेर २८३।५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६...

  • २०७६ माघ ५, आइतबार

    नेप्सेमा ३३ अङ्कको वृद्धि

    धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३।४३ विन्दुले वृद्धि भई एक हजार ३४३।६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २।५५ वृद्धि देखिएको हो । यस्तै सेन्सेटिभ परिसूचक ५।५२ विन्दुले बढेर २८८।३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टे«न्ड’...

Pages