बिजनेस
-
२०७७ आषाढ १८, बिहिबार
बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री
किरण पौड्याल : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको...
-
२०७७ आषाढ १८, बिहिबार
नेप्सेमा नकारात्मक सर्किट
काठमाडौँ : कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो । स्टकका अनुसार आज नेप्से ८०।४१ बिन्दु अर्थात ६।०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६।११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १७।९९ बिन्दु अर्थात ६।२७ प्रतिशतले ओरालो लागेको छ । कूल १४२ कम्पनीको...
-
२०७७ आषाढ १४, आइतबार
बढ्यो सुनको भाउ
काठमाडौँ : कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ । एक तोला...
-
२०७७ आषाढ १३, शनिबार
लकडाउनको भाडा मिनाहा गर्न व्यवसायीको माग
काठमाडौं । लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो । महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार जारी गरेको...
-
२०७७ आषाढ १३, शनिबार
एभरेष्ट ग्यासलगायत छ उद्योग कारवाहीमा
काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो । विभागले शुक्रबार रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि...
-
२०७७ आषाढ १३, शनिबार
मंगलबारदेखि शेयर बजार खुल्ने
काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कारोबारलाई खुला गर्ने निष्कर्षमा पुगेको थियो । तर त्यसलाई औपचारिकता दिन बोर्डको सञ्चालक समितिको बैठक आइतबार बस्दैछ । आइतबारको बैठकले शेयर बजार खुला गर्ने सम्बन्धमा निर्णय गर्ने...
-
२०७७ आषाढ १२, शुक्रबार
कोरोना प्रभावित करदातालाई सहुलियत
पोखरा : पोखरा महानगरपालिकाले कोरोना भाइरसको महामारीसँगै गरिएको बन्दाबन्दीका कारण आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको भन्दै करदातालाई सहुलियत दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेटमा भाडामा दिइएका सटर तथा भवनको २०७६ चैतदेखि २०७७ जेठ मसान्तसम्म तीन महिनाको घर भाडा तथा बहाल कर छुट दिइने उल्लेख छ । छुट दिएको बहाल रकम आगामी आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकभित्र...
-
२०७७ आषाढ १२, शुक्रबार
घरभाडामा छुट दिन घरधनीसँग आग्रह
पोखरा : पोखरा उद्योग वाणिज्य सङ्घले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह गर्नुभएको छ । “सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ...
-
२०७७ आषाढ १०, बुधबार
होटल सञ्चालन गर्न पाउनुपर्ने माग
काठमाडौँ, १० असार : होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गर्नुभएको हो । कोरोना सङ्क्रमण शुरु...
-
२०७७ आषाढ १०, बुधबार
तरकारी सङ्कलन केन्द्र निर्माण गरिने
ललितपुर, १० असार : दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराउनुभयो । गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा...
-
२०७७ आषाढ १०, बुधबार
वीरगन्ज महानगरपालिकाको तीन अर्ब ८६ करोड बढीकाे बजेट
वीरगन्ज, १० असार : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को आयव्यय प्रस्तुत गर्दै आज सातौँ नगरसभा सम्पन्न गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ रु एक अर्ब ६२ करोड ६९ लाख १८ हजार, पूँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ रु ६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ । कूल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार...
-
२०७७ आषाढ १०, बुधबार
विश्व बैंकसँग समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, १० असार : विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यो ऊर्जा क्षेत्रसँग...


