STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ फाल्गुण १६, शुक्रबार

    ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी

    पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ । धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिकरूपमा टिकटको व्यवस्था...

  • २०७६ फाल्गुण १५, बिहिबार

    पानीले इँटामा रु १५ करोडको क्षति

    तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्याङ्क आइनसकेको भए...

  • २०७६ फाल्गुण १५, बिहिबार

    माथिल्लो तामाकोशी ठाडो सुरुङले रोकिरहेको छ प्रगति

    सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २० प्रतिशत मात्रै खर्च भएको छ । लामो समयदेखि अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाको निर्माण प्रगति प्रभावकारी नहुनाका विभिन्न कारण रहेका छन् । त्यसमा निर्माण व्यवसायीको कार्यशैली तथा कमजोर आयोजना व्यवस्थापन जोडिएको छ । कूल ९९।३ प्रतिशत...

  • २०७६ फाल्गुण १४, बुधबार

    भद्रपुर हुलाक बचत बैंकको पूँजी रु तीन करोड

    झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो । हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज...

  • २०७६ फाल्गुण १२, सोमबार

    बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै

    जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोवार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ । ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे« एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा...

  • २०७६ फाल्गुण ११, आइतबार

    बीमा संस्थानको कोषमा रु २६ अर्ब, बीमक सात लाख

    राष्ट्रिय बीमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ । चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा रु दुई खर्ब ६५ अर्ब ७१ करोड सङ्कलन भएको छ । विसं २०२४ फागुनदेखि...

  • २०७६ फाल्गुण १०, शनिबार

    आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय

    जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थाल्नुभएको छ । उहाँले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गर्नुभएको हो । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उहाँले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धान्नुभएको छ । उहाँ एक हातको अपाङ्गता भएकी महिला पनि हुनुहुन्छ । वर्षांै पहिले दुर्घटनामा पर्दा उहाँको...

  • २०७६ फाल्गुण १०, शनिबार

    साताको शेयर बजार आठ अर्ब ६९ करोडको कारोवार

    लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    महायज्ञमा रु डेढ करोड सङ्कलन

    विद्यालय संचालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा यहाँको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट रु एक करोड ४४ लाख सङ्कलन गरेको हो । महायज्ञको अन्तिम दिनसम्म उक्त रकम सङ्कलन भएको मूल आयोजक समितिले सार्वजनिक गरेको छ । अन्तिम दिन बागलुङ नगरपालिका–१४ का स्व धनबहादुर घर्ती...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    अब चाख्नुस् छैमलेको ‘नास्पाती क्याण्डी’

    मुलुकमा विभिन्न स्वादमा ‘क्याण्डी’ उत्पादन हुँदै आएको छ । बजारमा पाइने धेरै क्याण्डीबारे तपाईले थाहा होला, तर नास्पातीको पनि ‘क्याण्डी’ बन्छ भन्ने कुरा कमैलाई जानकारी होला । काठमाडौँ दक्षिणकाली नगरपालिका– ८ छैमले पुग्दा तपाईले ‘नास्पाती क्याण्डी’को स्वाद लिन भुल्नुहुन्न । हालसालै मात्र यहाँ नास्पाती क्याण्डीको परीक्षण सफल भएको छ । आशा संसार नेपाल होप नेपाल ले उक्त क्याण्डीको उत्पादन थालेको हो ।...

  • २०७६ फाल्गुण ७, बुधबार

    होटल व्यवसायी सङ्घमा भट्टराई

    होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गाविलास भट्टराई निर्वाचित हुनुभएको छ । मङ्गलबार दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट सङ्घको उपाध्यक्षमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ, सचिवमा सोम थापा, सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा सङ्गीता उच्चै ठकुरी निर्वाचित हुनुभएको छ ।...

  • २०७६ फाल्गुण ६, मंगलबार

    खुला मासु नै बढी बिक्रीमा

    नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् । खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । आप्mनै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज—१० का हिरण्य शर्माको जानकारी दिनुभयो । चिकित्सका अनुसार...

Pages