बिजनेस
-
२०७७ भाद्र ३१, बुधबार
एकै रात प्याजकाे मूल्यमा दोब्बर वृद्धि
काठमाडाैं – सोमबार मात्रै भारतले प्याजमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य रातारात दाेब्बरसम्म वृद्धि भएकाे छ । भारतकाे निर्यात सम्बन्धी नीतिमा परिवर्तन भएपछि भनेपालमा प्याज निर्यात राेक्का भएकाे थियाे । यसैकाे माैकामा प्याजकाे मूल्य अकासिएकाे हो । कालिमाटी थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ४४ रुपैयाँले वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा प्याजको मूल्य ६० रुपैयाँमा किनबेच भइरहेको...
-
२०७७ भाद्र ३०, मंगलबार
गुणस्तरहीन छड बनाएपछि जगदम्बा उद्योगमाथि कारवाही
काठमाडाैं – सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ । बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको...
-
२०७७ भाद्र ३०, मंगलबार
भारतबाट प्याज निर्यात रोक्का, नेपालमा मूल्य बढ्यो
काठमाडौं – भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजकाे मूल्य बढेकाे छ । प्याज पाइन छाडेपछि प्याजको मूल्य पनि एक्कासी बढेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८०...
-
२०७७ भाद्र २३, मंगलबार
तीन दिन बैंकका सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन
काठमाडौं – बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु मंगलबारदेखि बिहीबारसम्म खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण...
-
२०७७ भाद्र १९, शुक्रबार
निजी प्रयाेगशालाकाे कोरोना परीक्षणले बिमा दाबी नपाउने
काठमाडाैं – निजी प्रयाेगशालाबाट कोभिड–१९ परीक्षण गर्नेले पीसीआर रिपोर्ट पोजेटिभ आए पनि कोरोना बिमा दाबी भुक्तानी नपाउने भएका छन् । बिमा समितिले कारोना बिमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो । सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखिएपछि समितिले...
-
२०७७ भाद्र १६, मंगलबार
पेट्राेलमा प्रतिलिटर २ रुपैयाँ बढ्याे
काठमाडौं – सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । याेसँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी मूल्य बढाएको हो । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । गत चैतमा भएको...
-
२०७७ भाद्र १५, सोमबार
एटिएम प्रयोगमा कुनै पनि शुल्क नलाग्ने
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत...
-
२०७७ भाद्र १३, शनिबार
‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौँ प्रशासन
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड–१९ सङ्क्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ । खाद्य परिकारलगायत घरायसी वस्तु घरघरमा पुरयाउँदा सङ्क्रमण फैलिनसक्ने जोखिम रहेको बताउँदै काठमाडौँका...
-
२०७७ भाद्र १२, शुक्रबार
कालीमाटी तरकारी बजार अनुगमन : न मास्ककाे प्रयाेग न सामाजिक दुरी
काठमाडौँ – कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन । काठमाडौँ महानगरको कृषि विभागको अगुवाइमा आज बिहान अनुगमन...
-
२०७७ भाद्र ७, आइतबार
देखिएन निषेधाज्ञाको असर, नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ – कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन । अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ बिन्दुले बढेर एक हजार...
-
२०७७ भाद्र ६, शनिबार
साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने
विराटनगर – रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ । कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी...
-
२०७७ भाद्र ६, शनिबार
विद्युतीय माध्यमबाट कारोवार गर्न आग्रह
काठमाडौँ – धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोवारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा आज यहाँ जारी विज्ञप्ति मार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोवार गर्न भनेको हो । यस्तै धितोपत्र दलाल व्यवसायीलाई अग्रीम रुपमा तथा...


