STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७७ बैशाख १२, शुक्रबार

    होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

    कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ । हानको अध्ययन अनुसार कोभिडको...

  • २०७६ चैत्र १९, बुधबार

    डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

    नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु...

  • २०७६ चैत्र ८, शनिबार

    असन बजार सामान्य, 'दैनिक उपभोग्यवस्तु सहजै उपलब्ध'

    काठमाडौं– कोरोना भाइरस संक्रमणको पूर्वतयारीअनुरुप सरकारले शुक्रबार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरे पनि बजारमा दैनिक खाद्यान्न एवं सामग्रीको उपलब्धतामा कुनै समस्या आएको छैन । शनिबार बिहान ११ बजेसम्म काठमाडौंकै व्यस्त बजार असनका विभिन्न खाद्यान्न पसलमा पहिलेभन्दा केही भीड भने बढेको पाइएको छ । असनमा उपभोक्तका मागअनुसार दैनिक उपभोग्यजन्य सामग्रीको सहज किनबेच भइरहेको छ ।...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    निगमले नयाँदिल्लीको उडान घटायो

    कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ । काठमाडौँ–दिल्ली–काठमाडौँ उडान चैत २ गते (मार्च १५, सन् २०२०) देखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । पहिला दैनिक दुईवटा उडान हुँदै आएको दिल्ली गन्तव्यमा अब निगमले एक...

  • २०७६ फाल्गुण २६, सोमबार

    आलु उत्पादन बढेपछि महिला हौसिए

    यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर विगत तीन वर्षयता सो खेती गर्दै आएका छन् । यो वर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेपछि व्यवसायमा हौसला मिलेको नदी किनार आयआर्जन महिला कृषक समूहका अध्यक्ष...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द

    दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष कामदारको अभाव हुनु, कोइलामा सहज आपूर्ति नहुनु, कोइलामा भएको मूल्यवृद्धि, पूँजीको समस्या र करलगायतका कारणले इँटा उद्योग बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई लामो समयदेखि इँटा उत्पादन गर्दै आएका ती उद्योग विगत दुई...

  • २०७६ फाल्गुण २२, बिहिबार

    खसीबोकाको कारोवार बढ्यो

    तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोवार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण क्षेत्रमा लाग्ने विभिन्न हाट बजारमा खसीबोका किन्ने र बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय डुमरलाल मेहताले बताउनुभयो । होली...

  • २०७६ फाल्गुण २१, बुधबार

    बाइस सयले बढ्यो सुन

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ । महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रु ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी नेपाली बजारमा चाँदीको...

  • २०७६ फाल्गुण २०, मंगलबार

    नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन

    मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त हुनुभएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुनुहुन्छ । नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा पुनले सोमबार हस्ताक्षर गर्नुभयो । प्रमुख...

  • २०७६ फाल्गुण १९, सोमबार

    छडको कच्चापदार्थ आयातमा कमी

    यहाँस्थित भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ । दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६÷७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ । गत आवको सो अवधिमा २९ हजार ९०३ मेट्रिक टन आयात भएको थियो । २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार...

  • २०७६ फाल्गुण १८, आइतबार

    विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष

    यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।  विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही...

  • २०७६ फाल्गुण १८, आइतबार

    टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

    निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी...

Pages