STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मालपोत कार्यालय सिन्धुली बन्द

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २०, मंगलबार

सिन्धुली – भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ । 

कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । 

सूचनामा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण र अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण सेवा प्रवाह गर्दा सङ्क्रमण फैलन सक्ने भन्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द भएको उल्लेख छ । 

 

Categorized in बिजनेस