relans
ni new 83
nib 2082 5

दशैंमा नयाँ नोट नआउने

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २५, आइतबार

काठमाडाैं – याे वर्षकाे दशै‌ंको लागि नयाँ नाेट नआउने भएको छ ।

दशैंको अवसरमा वर्षेनी वितरण हुने गरेको नयाँ नोट यसपटक वितरण नहुने भएको छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भिडभाड हुने भएकाले नेपाल राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ । यसले सर्वसाधारणमा परेको असुविधाप्रति क्षमासमेत मागेको छ ।

बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

 

Categorized in बिजनेस
ppp 2