STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७७ श्रावण ८, बिहिबार

    उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित

    काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । साउन २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले साधारणसभा स्थगित गरेकाे जनाएकाे छ । सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरे पनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन...

  • २०७७ श्रावण ७, बुधबार

    सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

    काठमाडौँ - नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार...

  • २०७७ श्रावण ७, बुधबार

    नेपाली नाेट, नेपाली हात्ती

    काठमाडौं - अब नेपाली नोटमा नेपालकै हात्तीको चित्र पैसामा राखिने भएको छ । नेपाली हजारकाे नाेटमा रहेको हात्तीको चित्र परिवर्तन हुने भएको छ । अब नयाँ हात्तीको चित्र राखिने भएको हो । हाल रहेकाे हात्ती कतिपयले अफ्रिकी मुलुकमा पाइने हात्ती भएको अनुमान गरेका छन् ।  २०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ। राष्ट्र बैंकले साविकको एउटा हात्तीको सट्टा राम र लक्ष्मण भनी...

  • २०७७ श्रावण ३, शनिबार

    के के छ चालु वर्षकाे मौद्रिक नीतिमा ?

    काठमाडौँ - नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको...

  • २०७७ आषाढ ३१, बुधबार

    ढकाल समूहको उम्मेदवारी घोषणा

    काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले मंगलबार उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गर्नुभएको हो । समूहमा जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेदवारी घोषणा भएको छ । उहाँ हाल महासङ्घको प्रदेश ५ कमिटीको अध्यक्ष हुनुहुन्छ । यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने देखिएको छ...

  • २०७७ आषाढ ३१, बुधबार

    ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदमार्ग प्रवद्र्धन गरिने

    काठमाडौँ : कोभिड–१९ महामारीका कारण नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पर्यो । महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको अवस्थामा पर्यटन क्षेत्रको गतिविधि प्रायः ठप्प बन्यो । बन्दाबन्दीका बीचमै राजधानी काठमाडौँसँग जोडिएको पदयात्रा पर्यटनको खोजी भएको छ । काठमाडौँको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग सम्भाव्यता...

  • २०७७ आषाढ २९, सोमबार

    नेपाल टेलिकमले हरेक वडामा वाईफाई उपलब्ध गराउने

    काठमाडौं- नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘...

  • २०७७ आषाढ २७, शनिबार

    सार्वजनिक यातायात खोल्न कार्यदल

    काठमाडौं । बन्द अबस्थामा रहेको सार्वजनिक यातायात खोल्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित एक कार्यदल बनेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले त्यस्तो कार्यदल बनाएको हो । कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुको तर्फबाट नेपाल...

  • २०७७ आषाढ २६, शुक्रबार

    अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

    काठमाडौँ :  सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ । आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको...

  • २०७७ आषाढ २६, शुक्रबार

    नाइ संघले गरे मूल्यवृद्धि • कपाल र दाह्री काटेकाे मूल्य बढ्ने

    काठमाडौं - उपत्यकाका तीन जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्नेहरुको छाता संठगन नेपाल नाइ संघ जिल्ला समिति काठमाडौंले १७ प्रकारका सैलुन सेवाको शुल्क बढाउने निर्णय गरेको छ । सैलुन व्यवसायीले आफूखुसी निर्णय गर्दै सबै प्रकारका सेवा शुल्क एकैपटक वृद्धि गरेका छन् । काठमाडौं उपत्यकामा रहेका करिब ३० हजार सैलुन व्यवसाय छन् । समितिको असार १७ को निर्णयपछि उपत्यकामा नयाँ मूल्य सूची कार्यान्वयनमा आइसकेको छ ।...

  • २०७७ आषाढ २६, शुक्रबार

    लकडाउनभरीको बिमा, ब्याज र अनुदान दिन यातायात व्यवसायीकाे माग

    काठमाडाैं - सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएपछि व्यवसायीहरुले विरोध गरेका छन् । सरकारले अग्रिम तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको सार्वजनिक यातायात केन्द्रिय महासंघले जनाएको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेको छ । आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप...

  • २०७७ आषाढ २५, बिहिबार

    राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबी

    काठमाडौँ : भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध रु ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो । झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक...

Pages