STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७८ जेठ ३, सोमबार

    फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, पेट्रोल प्रतिलिटर १२३ पुग्याे

    नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य पुन: बढाएको छ । निगमले सोमबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । मूल्यवृद्धि भएसँगै अब पेट्रोलको मूल्य १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।  निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई...

  • २०७८ बैशाख ३०, बिहिबार

    हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच आज मर्जर सम्झाैता

    दुई वटा वाणिज्य बैंकले मर्जरको दिन जुराएका छन् । लामो समयको छलफलपछि हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले मर्जरसम्बन्धी सम्झौता (एमओयू) आज गर्न लागेका हुन् । हिमालय बैंकका अनुसार सम्झाैतामा दुवै पक्षले दिउँसाे ३ बजे हस्ताक्षर गर्ने कार्यक्रम छ ।   गत साता हिमालयन र इन्भेस्टमेन्ट बैंकको छुट्टाछुट्टै बोर्ड बैठकले एमओयूको मस्यौदा पारित गरेका थिए । मर्जरपछि बैंकको अध्यक्षमा हालका इन्भेस्टमेन्टका...

  • २०७८ बैशाख २८, मंगलबार

    कोरोनाका कारण कालिमाटी बजार बन्द

    काठमाडौँ - कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो। समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको छ। ‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण...

  • २०७८ बैशाख २७, सोमबार

    व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाइयो

    काठमाडौं - निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट ट‌्रेडिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य...

  • २०७८ बैशाख २३, बिहिबार

    उपत्यकामा तरकारीको भाउ घट्याे

    काठमाडौं - काठमाडौं उपत्यकामा तरकारीको भाउ घटेको छ । उत्पादन बढ्नुको साथै निषेधाज्ञाको कारण माग पनि घट्दा तरकारीको भाउ घटेको हो । सबैजसो तरकारीको भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनका अनुसार धेरैजसो तरकारीको भाउ पाँचदेखि १० प्रतिशतसम्म घटेको छ भने केही तरकारीको भाउ निकै घटेको छ । १५ दिनअघि किलोको ८० देखि एक सय २० रुपैयाँसम्म रहेको सिमीको...

  • २०७८ बैशाख १९, आइतबार

    कार्यालय एक चौथाई कर्मचारीद्वारा सञ्चालन हुने

    काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाई कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिवार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाण्डौ उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका शाखामा एक चौथाई कर्मचारी राखेर सञ्चालन गराउने भनिएको छ । यस कार्यका लागि नेपाल राष्ट्र बैंकले...

  • २०७८ बैशाख १५, बुधबार

    अक्सिजन सिलिण्डर आयातमा कर छुट

    काठमाडौं - सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ। बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णयबारे जानकारी दिएका हुन् । अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने उनले बताए ।

  • २०७८ बैशाख १५, बुधबार

    दैनिक उपभोग्य वस्तुको अभाव नहुने : आपूर्ति विभाग

    काठमाडौँ - बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ । बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो । अहिलेको विषम परिस्थितिमा विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट अत्यावश्यक...

  • २०७८ बैशाख ४, शनिबार

    आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल र डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आन्तरिक...

  • २०७७ चैत्र २७, शुक्रबार

    सिंगाटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड

    काठमाडौँ - सिंगाटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले गएको चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १५ लाख ६५ हजार पाँच सय ३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार सात सय २८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार आठ...

  • २०७७ चैत्र २३, सोमबार

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल १२०, डिजल र मट्टीतेल १०३ पुग्यो

    काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई/दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको...

  • २०७७ चैत्र ४, बुधबार

    दुई महिनामा पाँचाैपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

    काठमाडाैं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर ११६, डिजल र मट्टीतेल प्रतिलिटर ९९ मा बिक्री हुँदै आएको थियो । साथै निगमले हवाई ईन्धनको आन्तरिकतर्फ...

Pages