Salt Trading
Swasthya Mantralaya
Nhoo dan 1141

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ४, शनिबार

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

यसअघि २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल र डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।

मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएका छ ।

Categorized in बिजनेस
Newa Online Adv