STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७८ आषाढ ९, बुधबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १२७ रुपैयाँ

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो । निगमले मूल्य बढाएसँगै पेट्रोलको खुद्रा बिक्रीमूल्य काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा १२७ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ ।...

  • २०७८ आषाढ २, बुधबार

    असार २५ सम्म कर बुझाउन निर्देशन

    काठमाडौं - सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो । विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ । वैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै...

  • २०७८ आषाढ १, मंगलबार

    आज सातवटै प्रदेश सरकारको बजेट सार्वजनिक हुने

    काठमाडौं - सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने भएका छन् । अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले सात प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब रुपैयाँका लागि चार किसिमको अनुदानको सीमा दिएको छ । राजस्व बाँडफाँडबाट प्रदेशले झण्डै ६३ अर्ब...

  • २०७८ जेठ ३१, सोमबार

    घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि

    काठमाडौं - पोहोरको तुलनामा यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ । समीक्षा अवधिमा काठमाण्डौ उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत,...

  • २०७८ जेठ २९, शनिबार

    काठमाडौँमा सिटामोल अभाव

    काठमाडौँ - काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो । बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला आमउपभोक्ता मेडिकल पसल चहार्न थालेका छन् । पछिल्लो समय अस्पताल जाने भन्दा घरमा आइसोलेसनमा बस्ने सङ्क्रमित धेरै हुँदा सिटामोल खरिद उच्च हुन पुगेको छ । उपभोक्ता अधिकारकर्मी भने औषधि उत्पादक...

  • २०७८ जेठ २२, शनिबार

    फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, पेट्राेल १२५ प्रतिलिटर

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मृल्यवृद्धिसँगै काठमाडौंका लागि पेट्रोलको १२५, डिजल/मट्टितेलको १०८ र आन्तरिक उडानका लागि हवाई ईन्धन ८० रुपैयाँ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम भएको निगमका प्रवक्ता ई. विनितमणि उपाध्याय...

  • २०७८ जेठ १७, सोमबार

    चेम्बरको नेतृत्वमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसिन सेन्टर स्थापना

    चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजक रहेका छन् । आइतबार आयोजित एक कार्यक्रम बीच  उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ गरिएको हो भने...

  • २०७८ जेठ १५, शनिबार

    आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट (पूर्णपाठ सहित)

    काठमाडौं  - सरकारले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । बजेटमा...

  • २०७८ जेठ ९, आइतबार

    बजेट अध्यादेशमार्फत : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन्। आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जिम्मेवार ढंगले बजेट ल्याउने जानकारी दिए। ‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणहरु, नीतिहरु समेतलाई कार्यान्वयन गर्ने गरी आउँछ । विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ । मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट...

  • २०७८ जेठ ८, शनिबार

    कालीमाटी बजारमा भीड उस्तै, नियन्त्रणकाे लागि समितिकाे बैठक बस्दै

    काठमाडौं - कोरोना सङ्क्रमण बढिरहे पनि काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा भीड कम हुन सकेको छैन । कालीमाटीमा भीड नियन्त्रण गर्न भन्दै केही समय अघिदेखि खुद्रा बजार बन्द छ । तर, पनि भीड कम हुन सकेको छैन । तरकारी बजारमा भीड नियन्त्रण गर्न कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई चुनौती बढेको छ । बजारमा हुने गरेको भीड नियन्त्रण गर्न समितिले दिनहुँ छलफल थालेको छ । बजारमा जोरबिजोर प्रणालीमा लागू...

  • २०७८ जेठ ६, बिहिबार

    अर्थतन्त्र पुनः प्रभावित हुने नेपाल राष्ट्र बैंकको निचोड

    काठमाडौं - विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुनसक्ने नेपाल राष्ट्र बैंकको निचोड छ । केन्द्रीय बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’सम्बन्धी दोस्रो पुनरावृत्तिको सर्वेक्षण प्रतिवेदनले यस्तो निचोड निकालेको हो । पछिल्लो सर्वेक्षण नतीजाले २०७७ असारको तुलनामा २०७८ वैशाख १४ गतेसम्ममा करीब औसत ८१ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा आएकाले...

  • २०७८ जेठ ३, सोमबार

    कोरोना कहर : दुग्धजन्य पदार्थ खपतमा ६० प्रतिशतसम्म गिरावट

    काठमाडौं - दूध तथा दुग्धजन्य पदार्थ खपतमा ६० प्रतिशतसम्म गिरावट आएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले निम्त्याएको परिस्थितिका कारण अहिले हरेक दिन १० करोड रुपैयाँ बराबरको दूधले बजार नपाएर खेर गइरहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ । यस्तै निषेधाज्ञाका कारण निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर झण्डै तीन अर्ब रुपैयाँ बराबरको पाउडर दूध र बटर मौज्दात छ । एसोसिएशनले विज्ञप्ति निकालेर कोरोना...

Pages