STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चेम्बरको नेतृत्वमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसिन सेन्टर स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १७, सोमबार

चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजक रहेका छन् ।

आइतबार आयोजित एक कार्यक्रम बीच  उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ गरिएको हो भने सो कार्यक्रमका प्रमुख अतिथीसमेत रहनुभएका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरसबाट प्रभाबित भएका व्यक्तिहरूले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

सो अवसरमा  अध्यक्ष  मल्लले नेपाल चेम्बर अफ कमर्सले चेम्बर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरूलाई कोभिड नियन्त्रणसँग सामाग्री तथा उपकरणहरू हस्तान्तरण भइ रहेको पनि जानकारी दिनुभयो ।

देशका ७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सकिने कुरा अध्यक्ष मल्लले बताउनु भयो ।

त्यसैगरी नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्यासमेत भिडियो कलमार्फत देखाउन सक्ने जानकारी  जानकारी दिनुभयो ।

सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड–१९ को कहरका कारण बिरामीहरूलाई अस्पताल जाउँआउ गर्न समस्या रहेको उल्लेख गर्दै टेलिमेडिसिन मार्फत उपलब्ध हुने स्वास्थ परामर्श सेवाले आम नागरिकलाई ठूलो राहत मिल्ने धारणा राख्नुभयो । साथै उहाँले आम नागरिकले पिडा महशुश गरिरहेको यस घडीमा स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा जोडिन पाउँदा कर्पोरेशन परिवार आभारी रहेको बताउनुभयो ।

ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिनुभयो ।

टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । आज आइतबार शुभारम्भ भएको टेलिमेडिसिन सेण्टर मार्फत सोमबार जेठ १७ गतेबाट सेवा आरम्भ हुनेछ । यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । सेण्टर संचालनमा मिडास टेक्नोलोजिजको प्राविधिक सहयोगमा गर्ने छ ।   इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइसको पहुँच नहुनेले आईतबारको दिन आफूलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक वा स्वास्थ्य चौकी पुगेर यो सेवा लिन सक्ने बताइएको छ ।

Categorized in बिजनेस