STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बजेट अध्यादेशमार्फत : प्रधानमन्त्री

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ९, आइतबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन्।

आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जिम्मेवार ढंगले बजेट ल्याउने जानकारी दिए।

‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणहरु, नीतिहरु समेतलाई कार्यान्वयन गर्ने गरी आउँछ । विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ । मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट आउनेछ, १५ गते अध्यादेशबाट जारी हुन्छ। एउटा औपचारिक कार्यक्रममा त्यसको वाचन गरिनेछ’ ओलीले भने ।

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए ।

Categorized in बिजनेस