STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १२७ रुपैयाँ

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ९, बुधबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो ।

निगमले मूल्य बढाएसँगै पेट्रोलको खुद्रा बिक्रीमूल्य काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा १२७ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । आन्तरिकतर्फ २ रुपैयाँ बढेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलरले वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै आन्तरिकतर्फ हवाई इन्धनको खुद्रा बिक्री मूल्य ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको बिक्री मूल्य ७३५ अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ ।

यसअघि निगमले २२ जेठमा पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । निगमका प्रवक्ता इ. विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको हो ।

Categorized in बिजनेस