STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३१, सोमबार

काठमाडौं - पोहोरको तुलनामा यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ ।

समीक्षा अवधिमा काठमाण्डौ उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

Categorized in बिजनेस