STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७८ भाद्र २८, सोमबार

    दसैंको लागि राष्ट्र बैंकले निकाल्यो नयाँ नोट

    काठमाडौं  - नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट उपलब्ध गराउन थलेको छ। केन्द्रीय बैंकले गत सातादेखि नै सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको हो। यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराउन थालेको हो। वित्तीय संस्थाहरुले नयाँ नोट लान थालेको बताउँदै...

  • २०७८ भाद्र २५, शुक्रबार

    विधेयकमार्फत बजेट १५ अर्बले घटाइयो

    सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटको आकार १५ अर्ब रुपैयाँले घटाएको छ ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।  यसअघि एमाले नेतृत्वको सरकारको पालामा अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत...

  • २०७८ भाद्र २३, बुधबार

    नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

    काठमाडौं - सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको हाे। इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको सिफारिसमा उक्त निर्माण कम्पनी कालोसूचीमा...

  • २०७८ भाद्र २२, मंगलबार

    असोज १ देखि सुपथ मूल्य पसल सञ्चालनमा

    काठमाडौं - सरकारले आउँदो असोज १ गतेदेखि एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औं बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार...

  • २०७८ भाद्र १८, शुक्रबार

    पुससम्ममा साझाका विद्युतीय बस आउने

    काठमाडौं - साझा यातायातले आगामी पुसमा तीनवटा विद्युतीय बस आइपुग्ने जनाएको छ । विद्युतीय बसबारे जानकारी लिन बिहीबार साझा यातायातको कार्यालय पुल्चोक गएकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई साझा यातायातले सो जानकारी दिएको हो । सो अवसरमा मन्त्री भुसालले विद्युतीय सवारीसाधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिइन् । डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन...

  • २०७८ भाद्र १५, मंगलबार

    नेप्से परिसूचक : ६९ अंकले घट्यो बजार

    काठमाडाैँ - साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसुचक ३०४७.२६ बिन्दुबाट सुरु भएको सेयर कारोबार २९७५.८४ बिन्दुमा गएर सेयर कारोबार बन्द भएको हो । मंगलबार बजार बन्द हुँदा नेप्से २.२७ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कुल २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७ सय...

  • २०७८ भाद्र ९, बुधबार

    कोरोना प्रभावित ऋणीले तिर्नुपर्ने ऋणको म्याद एक वर्ष थपियो

    काठमाडौं  - कोरोना प्रभावित ऋणीले ऋण तिर्न अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा आउँदो पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्षसम्म म्याद थप गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै कोरोनाबाट अति प्रभावित क्षेत्रहरु रेष्टुरेण्ट, पार्टी प्यालेस,...

  • २०७८ भाद्र ८, मंगलबार

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे, पेट्रोलमा २ र ग्यासमा २५ रूपैयाँ बढ्याे

    नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको भाउ बढाएको हो।   पेट्रोल, डिजेल, मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ वृद्धि गरेर प्रतिलिटर एक सय १३ बनाएको छ । यस्तै पेट्रोलको मूल्य एक सय ३० रुपैयाँ कायम गरेको छ। हवाई इन्धन आन्तरिकतर्फ लिटरको ८६ रुपैयाँ  र अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा १६ डलरले वृद्धि गरी नयाँ बिक्री मूल्य...

  • २०७८ भाद्र २, बुधबार

    कोभिडविरुद्धको खोप शीघ्र व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

    काठमाडौँ - पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको शीघ्र व्यवस्था गरी नागरिकलाई सुरक्षित गर्न सरकारसमक्ष माग गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान, नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल सङ्घ, पर्वतारोहण सङ्घ, लगायत १२ भन्दाबढी संस्थाले आज स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग उहाँकै कार्यकक्षमा भेट गरी कोभिड महामारीबाट...

  • २०७८ आषाढ ३१, बिहिबार

    पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक-एक रुपैयाँले घट्यो

    काठमाडौं  -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक/एक रुपैयाँ घटाइएको निगमको भनाइ छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय...

  • २०७८ आषाढ ३०, बुधबार

    काठमाडौंमा तरकारीको मूल्य दोब्बर वृद्धि

    काठमाडौं - काठमाडौंमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ दोब्बरले बढेको हो । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक...

  • २०७८ आषाढ १४, सोमबार

    चोभार सुख्खा बन्दरगाह साउनदेखि सञ्चालनमा आउने

    काठमाडौं - चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह साउनदेखि सञ्चालनमा आउने भएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुख्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताएका हुन् । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरी सकिने पनि उनले बताए...

Pages