STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विधेयकमार्फत बजेट १५ अर्बले घटाइयो

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २५, शुक्रबार

सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटको आकार १५ अर्ब रुपैयाँले घटाएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । 

यसअघि एमाले नेतृत्वको सरकारको पालामा अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत आन्तरिक तथा बाह्य ऋणको भार समेत घटाएको छ ।  

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गर्दै सरकारले आन्तरिक तथा बाह्य ऋणमा ३७ अर्ब रुपैयाँ घटाएको बताएका छन् ।

१४ सय सडक निर्माण स्थगित

सरकारले केपी ओली नेतृत्वकाे सरकारले अघि बढाएका १४ सय सडक निर्माण स्थगित गरेकाे छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै ल्याएकाे  प्रतिस्थापन बजेटमा साे कार्यक्रम स्थगित गरिएकाे जनाइएकाे छ ।

पूर्वाधार विकासमा पूर्वसरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई स्रोत अभावमै ल्याएको भन्दै अर्थमन्त्री शर्माले स्थगित गरिएको बताए ।

आर्थिक दृष्टिकोणले निर्माण गर्न सक्ने सडकको नक्सांकन गरेपछि निर्माण गर्न सकिने उनले बताए ।

Categorized in बिजनेस