STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७७ आषाढ १२, शुक्रबार

    घरभाडामा छुट दिन घरधनीसँग आग्रह

    पोखरा : पोखरा उद्योग वाणिज्य सङ्घले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह गर्नुभएको छ । “सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ...

  • २०७७ आषाढ १०, बुधबार

    होटल सञ्चालन गर्न पाउनुपर्ने माग

    काठमाडौँ, १० असार : होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गर्नुभएको हो । कोरोना सङ्क्रमण शुरु...

  • २०७७ आषाढ १०, बुधबार

    तरकारी सङ्कलन केन्द्र निर्माण गरिने

    ललितपुर, १० असार : दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराउनुभयो । गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा...

  • २०७७ आषाढ १०, बुधबार

    वीरगन्ज महानगरपालिकाको तीन अर्ब ८६ करोड बढीकाे बजेट

    वीरगन्ज, १० असार : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को आयव्यय प्रस्तुत गर्दै आज सातौँ नगरसभा सम्पन्न गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ रु एक अर्ब ६२ करोड ६९ लाख १८ हजार, पूँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ रु ६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ । कूल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार...

  • २०७७ आषाढ १०, बुधबार

    विश्व बैंकसँग समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ, १० असार : विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यो ऊर्जा क्षेत्रसँग...

  • २०७७ आषाढ ५, शुक्रबार

    बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै

    काठमाडौँ  - निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो । बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा...

  • २०७७ आषाढ ४, बिहिबार

    बन्दाबन्दीमा रु ६ अर्बको औषधि आयात

    काठमाडाैं ४ असार - गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र रु एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ...

  • २०७७ आषाढ १, सोमबार

    कर्णाली सरकारको बजेट सार्वजनिक, काेराेनाबाट मृत्यु भएमा परिवारलाई एक लाख रुपैयाँ राहत

    काठमाडाैं - कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल...

  • २०७७ आषाढ १, सोमबार

    सातैवटा प्रदेश सरकारको २ खर्ब ६४ अर्ब बढीकाे बजेट सार्वजनिक

    काठमाडौं -  सातैवटा प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट सोमबार सार्वजनिक गरेका छन् । देशका ७ वटै प्रदेशहरुले कुल २ खर्ब ६४ अर्ब २० करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०७७/७८ को यो बजेट चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको तुलनामा करिब १.७७ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा प्रादेशिक बजेटको आकार कूल २ खर्ब ५९ अर्ब रुपैंया बराबरको थियो । उक्त...

  • २०७७ जेठ २८, बुधबार

    न्युरोडका व्यवसायीहरूले गरे सरकारविरुद्ध प्रदर्शन

    काठमाडौं । साना व्यापारी-व्यवसायीहरू न्युरोड क्षेत्रमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा...

  • २०७७ जेठ २८, बुधबार

    असार ७ गतेभित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न अन्तरिम आदेश

    काठमाडाैं -  सर्वोच्च अदालतले असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो। न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवैपक्षको बहस...

  • २०७७ जेठ २७, मंगलबार

    व्यवसायीले भोलि पनि पसल खोल्ने

    काठमाडौं । काठमाडौंका व्यवसायीले आफूहरुले सुरक्षाका उपाय अपनाएर पसल खोल्दा पनि सुरक्षाकर्मीले बन्द गर्न दबाब दिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार विहान न्युुरोडमा प्रहरीले बल प्रयोग गरेर पसल बन्द गराएपछि आक्रोशित व्यवसायीले बुधबार पनि पसल खोल्ने बताएका छन् । सरकारसँग छलफल गरेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरेर पसल सञ्चालन गरे पनि विना कुनै छलफल एक्कासी बन्द...

Pages