बिजनेस
-
२०७७ माघ ६, मंगलबार
पेट्रोल तथा डिजेलमा लिटरको दुई रूपैयाँ बढ्याे
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल-मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको...
-
२०७७ माघ ३, शनिबार
ललितपुर चेम्बर अफ कमर्शको अध्यक्षमा पुष्परत्न शाक्य
ललितपुर चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारण सभाबाट पुष्परत्न शाक्यको नेतृत्वमा २१ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष आतिथ्यता सम्पन्न कार्यक्रममा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको छ । निर्वाचनबाट शाक्यको नेतृत्वमा ललितपुर चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारण सभाले आगामी तीन बर्षका...
-
२०७७ माघ १, बिहिबार
व्यवसायीले पेट्रोलियम पदार्थमा अतिरिक्त मूल्य नलिने
काठमाडौं – आजबाट पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसा बढी मूल्य लिने निर्णयबाट पेट्रोलियम व्यवसायीहरु पछि हटेका छन् । कमिसन वृद्धि नभएको भन्दै पुस २१ गते बसेको पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माघ एक गतेदेखि उपभोक्ताबाटै कमिसन उठाउने निर्णय गरेको थियो । व्यवसायीहरुको मागका सन्दर्भमा निगमले गृहकार्य थालेका कारण तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगन...
-
२०७७ माघ १, बिहिबार
एनसेलकाे पक्षमा अन्तरिम आदेश
काठमाडौँ - सर्वोच्च अदालतले विवादास्पद टेलिकम कम्पनी एनसेललाई तत्काल कुनै कर नलगाउनु र त्यसको प्रक्रिया पनि नथाल्नु भनी सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले ठूला करदाता कार्यालयले थालेको कर निर्धारण प्रक्रिया रोक्न आदेश दिएको हो । टेलियासोनेराले एनसेल को शेयर आजियटालाई बेचेको विषयमा स्वामित्व परिवर्तन भएकाले कर निर्धारण प्रक्रिया ठूला करदाता...
-
२०७७ पौष २६, आइतबार
सुनचाँदी व्यवसायी महासङ्घमा माणिकरत्न शाक्य निर्वाचित
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित हुनुभएको हो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित हुनुभएको छ । एसोसिएटस उपाध्यक्षमा पवन...
-
२०७७ पौष २३, बिहिबार
आउँदाे शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं – पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका शाखाहरू शनिबार पनि खोल्न निर्देशन दिएको हो । यस्तै नेपाल क्लियरिङ हाउस पनि खुला हुने भएकाले पूर्णकालीन सेवाको दिनमा जस्तै सेवा लिन...
-
२०७७ पौष २२, बुधबार
प्रभु बैंकद्वारा ईलाम अस्पताललाई आर्थिक सहयोग
काठमाडौं – प्रभु बैंकको ईलाम शाखा कार्यालयले जिल्ला अस्पताल ईलामलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्न सो आर्थिक सहयोग उपलब्ध गराएको बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकले पुस १९ गते एक समारोह बीच बैंकका ईलाम शाखा प्रबन्धक रोशन संग्रौलाले अस्पतालका...
-
२०७७ पौष १९, आइतबार
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोज बहादुर न्याछ्यों निर्वाचित
ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष पदमा मनोज बहादुर न्याछ्यों विजयी हुनु भएको छ । नव निर्वाचित न्याछ्यों आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रनु भएको हो भने उहाँले भरतलाल जोशीलाई पराजित गरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । शनिबार सम्पन्न चुनावपछि राती ढिलो सार्वजनिक भएको परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य , उद्योग उपाध्यक्ष सुसन महर्जन, वाणिज्य उपाध्यक्ष उसन बज्राचार्य...
-
२०७७ पौष १९, आइतबार
नेप्सेमा उच्च विन्दुकाे रेकर्ड
काठमाडौं - अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमै शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ८८ दशमलव १२ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा पुगेको छ । यो नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड हो । यसअघि गएको बिहीबार नेप्सेमा २ हजार ८७ विन्दुको रेकर्ड बनेको थियो । आइतबार कारोबार भएका सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर ५ सय ५० अङ्कले,...
-
२०७७ पौष १७, शुक्रबार
ललितपुर उद्योग वाणिज्यकाे चुनावमा भरतलाल र मनोज
अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै भरतलालजोशी र मनोज बहादुर न्याछ्यों शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएको हो । ५३ वर्ष लामो इतिहास भएको संस्थालाई हाँक्न, समयक्रमसंगै उत्पन्न चुनौैतीलाई चिरेर अघि बढ्न युवा व्यवसायीहरु आवश्यक पर्ने बताउँदै आफ्नो प्यानलमा समावेशी, स्थान, युवावर्ग, महिला र विविध क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्व हिसाबले...
-
२०७७ पौष १, बुधबार
साल्ट ट्रेडिङकाे ५३औँ वार्षिक साधारणसभा सम्पन्न, कुल मुनाफा ७३ करोड
काठमाडाैं – साल्ट ट्रेडिङ कर्पोरेसनलिमिटेडले आफ्ना शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । कम्पनीकाे मंगलबार बसेकाे ५३औँ वार्षिक साधारणसभाले यस वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांशबापत १५ कराेड ३५ लाख ७ हजार ५ सय ८० र ३८ कराेड ३९ लाख ३ हजार ९ सय ५० रुपैयाँबराबरको २५ प्रतिशत बोनस शेयर गरी साे परिमाणकाे लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे । साधारणसभाले ५३औं...
-
२०७७ पौष १, बुधबार
साल्ट ट्रेडिङकाे ५३औँ वार्षिक साधारणसभा सम्पन्न, कुल मुनाफा ७३ करोड
काठमाडाैं – साल्ट ट्रेडिङ कर्पोरेसनलिमिटेडले आफ्ना शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । कम्पनीकाे मंगलबार बसेकाे ५३औँ वार्षिक साधारणसभाले यस वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांशबापत १५ कराेड ३५ लाख ७ हजार ५ सय ८० र ३८ कराेड ३९ लाख ३ हजार ९ सय ५० रुपैयाँबराबरको २५ प्रतिशत बोनस शेयर गरी साे परिमाणकाे लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे । साधारणसभाले ५३औं...


