STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रभु बैंकद्वारा ईलाम अस्पताललाई आर्थिक सहयोग

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ पौष २२, बुधबार

काठमाडौं – प्रभु बैंकको ईलाम शाखा कार्यालयले जिल्ला अस्पताल ईलामलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । 

सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्न सो आर्थिक सहयोग उपलब्ध गराएको बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकले पुस १९ गते एक समारोह बीच बैंकका ईलाम शाखा प्रबन्धक रोशन संग्रौलाले अस्पतालका डा. प्रभु शाहलाई चेक हस्तान्तरण गरेको थियो ।

सो कार्यक्रममा ईलाम ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, वडा ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवीद्वय हिमाल कर्मचार्य र रतनकुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीको उपस्थिति थियो । 

जडान हुने एरो प्लाण्टबाट अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण हुने र यसले बिरामी र सेवाग्राहीले सफा खानेपानी प्रयोग गर्न पाउने छन् । 

 

Categorized in बिजनेस