STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर चेम्बर अफ कमर्शको अध्यक्षमा पुष्परत्न शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ ३, शनिबार

ललितपुर चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारण सभाबाट पुष्परत्न शाक्यको नेतृत्वमा २१ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष आतिथ्यता सम्पन्न कार्यक्रममा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको छ ।

निर्वाचनबाट शाक्यको नेतृत्वमा ललितपुर चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारण सभाले आगामी तीन बर्षका लागि नयाँ कार्यसमिती चयन गरेको हो । 

सर्वसम्मत निर्वाचित वरिष्ठ उपाध्यक्षमा निरु थापा, प्रथम उपाध्यक्ष राजेन्द्र मान कायस्थ र द्वितीय उपाध्यक्षमा अनिलबीर बज्राचार्य, महासचिवमा सुविन बज्राचार्य, कोषाध्यक्षमा नरेन्द्र शाक्य, सचिवमा हरीप्रसाद अधिकारी र सह कोषाध्यक्षमा प्रेमलाल महर्जन निर्वाचित भएका छन् । सदस्यतर्फ निर्वाचित हुनेहरुमा वीरेन्द्र शाक्य, ऋृषिकेश तिमिल्सिना, रामचन्द्र खत्री, तेजेन्द्रगोपाल श्रेष्ठ, श्याम तण्डुकार , सुनिता बज्राचार्य, सुमित्रा खडका, नविना कार्की, प्रबिण बहादुर शाक्य, सविना सिंह महर्जन, हेम किशोर राई, हरेराम जोशी र अभिषेक बज्राचार्य छन् ।

साधारण सभापछि सविता सिंह महर्जनको नेतृत्वमा महिला चेम्बर अफ कर्मस पनि गठन गरिएको छ । महिला चेम्बरमा शान्ता शाक्य उपाध्यक्ष,रविता श्रेष्ठ उपाध्यक्ष, सरिता महर्जन सचिव र सरिता अवाले कोषाध्यक्ष छिन् । सहस्यहरुमा अन्जना धाख्वा,सबुता महर्जन, मनिला श्रेष्ठ,रेश्मा शाक्य,सुभद्रा श्रेष्ठअमूल्य शाक्य,रिशा श्रेष्ठ,सरस्वती बज्राचार्य,र संगिता नापित छिन् ।

साथै साधारण सभापछि युवा चेम्बर अफ कर्मस पनि गठन गरिएको छ । युवा चेम्बरको अध्यक्ष प्रविणबहादुर शाक्य छन् भने इश्वर बज्राचार्य, दिपक राज श्रेष्ठ,सुरेन्द्रप्रसाद अमात्य,रुविन शाक्य,विश्वरत्न शाक्य र राकेश कुमार चौधरी सदस्य छन् । कार्यसमितीमा हध्यक्ष बाहेक सबै सदस्य रहेको छ । कार्यसमितीको जिम्मेवारी पछि तोकिने ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

नवगठित महिला र युवा चेम्बर ललितपुर चेम्बर अफ कर्मसको मताहतमा गठन भएको अध्यक्ष शाक्यको भनाई छ ।

साधारण सभाको उदघाटन गर्दै अर्थमन्त्री पौडेलले स्मारिका समेत विमोचन गरेका थिए । साधारण सभामा विभिन्न क्षेत्रमा योगदान दिनेहरुको सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका क्रममा सम्बोधन गर्नै अर्थमन्त्री पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताएका थिए । मन्त्री पौडेलले सरकारले कोरोना खोप उपलब्ध गराउने बाचा गरे ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राज्यले निजी क्षेत्रका समस्या हल गर्न तत्पर हुनु पर्ने बताए । उनले भने, स्थानिय करबाट व्यवसायीहरु मर्कामा छन् सरकारले दोहोरो कर लगाउनु हुदैन ।

राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले व्यावसायीहरुलाई दुःख दिने गरेको विचार व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी ललितपुरका सिडियो ढुण्डीप्रसाद निरौलाले जिल्लामा व्यवसायिक वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा अनुगमनका नाममा सास्ती दिने गरेको बताए । 

ललितपुर चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष निरु थापाले नयाँ कार्यसमितीको चयनसँगै ललितपुर चेम्बर थप सुदृढ र सबल बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्वय कमलेश अग्रवाल र दिपक मल्होत्रा, ललितपुरका एसएसपी किरण बज्राचार्य, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा लगायतको उपस्थिती रहेको थियो ।

Categorized in बिजनेस