STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर उद्योग वाणिज्यकाे चुनावमा भरतलाल र मनोज

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १७, शुक्रबार

अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै भरतलालजोशी र मनोज बहादुर न्याछ्यों शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएको हो । 

५३ वर्ष लामो इतिहास भएको संस्थालाई हाँक्न, समयक्रमसंगै उत्पन्न चुनौैतीलाई चिरेर अघि बढ्न युवा व्यवसायीहरु आवश्यक पर्ने बताउँदै  आफ्नो प्यानलमा समावेशी, स्थान, युवावर्ग, महिला र विविध क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्व हिसाबले पनि महत्वपूर्ण रहेको धारणा दुबै ले राख्नुभयो । आफ्नो टिममा अनुभवी पुरा व्यवसायीहरुसंग नयाँ व्यवसायीहरुलाई पनि समावेशी गरिएको दुबैको भनाई रहेको छ ।

भरत लाल जोशीको प्यानलमा वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ अमिरराज ताम्रकार, उपाध्यक्ष वाणिज्यतर्फ उसन बज्राचार्य, महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशी रहनुभएको छ । त्यसैगरी उद्योगतर्फबाट कार्यसमिति सदस्यहरुको लागि आपुलाल अवाले, कृष्ण श्रेष्ठ , गुणकेशरी ताम्रकार, राजु महर्जन, सजना श्रेष्ठ सुनील शाक्य ‘ हान्ताई ’ले जोशीको प्यानलबाट उम्मेदवारी दिनुभएको छ  । त्यसैगरी वाणिज्य तर्फ कार्यसमितिका सदस्यको लागि अनिल महर्जन, कृष्णप्रसाद सापकोटा, टेकरत्न बज्राचार्य, विमला शाक्य, रुपेन्द्रराज शाक्य, शम्भुप्रसाद बराही, सागर महर्जन र संस्थागत क्षेत्रबाट पूर्णबहादुर महर्जनले उम्मेदवारी दिनुभएको छ । 

मनोज बहादुर न्याछ्योंको प्यानलमा वरिष्ठ उपाध्यक्ष विश्व राज बज्राचार्य, उपाध्यक्ष उद्योगमा सुसन महर्जन, उपाध्यक्ष संस्थागतमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिव रुपक महर्जन, कोषाध्यक्ष सबिनलाल प्रधान, उद्योग तर्फका कार्यसमिति सदस्यहरुमा मिलन शाक्य, रमेशसिं महर्जन, राकेशभक्त मुल्मी, रोशनलाल श्रेष्ठ, श्रीजेशलाल शिल्पकार, सुरेन्द्र अवाले तथा वाणिज्य तर्फका कार्य समिति सदस्यमा कृष्ण प्रसाद सापकोटा, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेश राज बज्राचार्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य,सुरज महर्जन ले उम्मेदवार बन्नु भएको छ भने यही प्यानलमा रहेका नबिन मान श्रेष्ठ एशोसिएट बाट कार्य समिति मा निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

योग्यता , क्षमता र क्रियाशीलताका हिसाबले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने अत्यधिक सम्भावना रहेको कुरा दुबै प्यानलका पदाधिकारीहरुले दावी गरेका छन् ।

Categorized in बिजनेस