बिजनेस
-
२०७७ श्रावण ३२, आइतबार
पेट्रोलियम पदार्थमा १–१ रुपैयाँ बढ्याे
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम...
-
२०७७ श्रावण २१, बुधबार
सुनकाे मूल्यमा नयाँ उचाइ, ताेलाकाे १ लाख नाघ्याे
काठमाडौं – नेपाली बजारमा सुनकाे मूल्यमा नयाँ उचाइ पुगेकाे छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूल्य बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ ।
-
२०७७ श्रावण १२, सोमबार
पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी
काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको जनाइन्छ । पेट्रोलियम पदार्थमा...
-
२०७७ श्रावण ८, बिहिबार
सुनको मूल्य प्रतितोला रु ९४ हजार ५००
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ । बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६०...
-
२०७७ श्रावण ८, बिहिबार
उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । साउन २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले साधारणसभा स्थगित गरेकाे जनाएकाे छ । सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरे पनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन...
-
२०७७ श्रावण ७, बुधबार
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य
काठमाडौँ - नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार...
-
२०७७ श्रावण ७, बुधबार
नेपाली नाेट, नेपाली हात्ती
काठमाडौं - अब नेपाली नोटमा नेपालकै हात्तीको चित्र पैसामा राखिने भएको छ । नेपाली हजारकाे नाेटमा रहेको हात्तीको चित्र परिवर्तन हुने भएको छ । अब नयाँ हात्तीको चित्र राखिने भएको हो । हाल रहेकाे हात्ती कतिपयले अफ्रिकी मुलुकमा पाइने हात्ती भएको अनुमान गरेका छन् । २०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ। राष्ट्र बैंकले साविकको एउटा हात्तीको सट्टा राम र लक्ष्मण भनी...
-
२०७७ श्रावण ३, शनिबार
के के छ चालु वर्षकाे मौद्रिक नीतिमा ?
काठमाडौँ - नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको...
-
२०७७ आषाढ ३१, बुधबार
ढकाल समूहको उम्मेदवारी घोषणा
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले मंगलबार उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गर्नुभएको हो । समूहमा जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेदवारी घोषणा भएको छ । उहाँ हाल महासङ्घको प्रदेश ५ कमिटीको अध्यक्ष हुनुहुन्छ । यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने देखिएको छ...
-
२०७७ आषाढ ३१, बुधबार
‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदमार्ग प्रवद्र्धन गरिने
काठमाडौँ : कोभिड–१९ महामारीका कारण नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पर्यो । महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको अवस्थामा पर्यटन क्षेत्रको गतिविधि प्रायः ठप्प बन्यो । बन्दाबन्दीका बीचमै राजधानी काठमाडौँसँग जोडिएको पदयात्रा पर्यटनको खोजी भएको छ । काठमाडौँको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग सम्भाव्यता...
-
२०७७ आषाढ २९, सोमबार
नेपाल टेलिकमले हरेक वडामा वाईफाई उपलब्ध गराउने
काठमाडौं- नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘...
-
२०७७ आषाढ २७, शनिबार
सार्वजनिक यातायात खोल्न कार्यदल
काठमाडौं । बन्द अबस्थामा रहेको सार्वजनिक यातायात खोल्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित एक कार्यदल बनेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले त्यस्तो कार्यदल बनाएको हो । कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुको तर्फबाट नेपाल...


