STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ८, बिहिबार

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । साउन २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले साधारणसभा स्थगित गरेकाे जनाएकाे छ । सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरे पनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालन गरेको छैन । सोही कारणले हालसम्म सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष समेत निकालेको छ ।
Categorized in बिजनेस