STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ पौष ११, शुक्रबार

    ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत ९६ छोरीको बैंकमा खाता

    कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको शुरु गरेपछि साउनयता ९६ जना छोरीको बैंक खाता खोलिएको हो । नगरपालिकाले कार्यविधि बनाएर साउनदेखि यो कार्यक्रम लागू गरेपछि अभिभावकसमेत खुशी भएका छन् । नगरपालिकाले ‘हाम्री छोरी,...

  • २०७६ पौष ११, शुक्रबार

    बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक

    बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित उद्योगी व्यसायीको उपस्थिति रहेको थियो । लगानी बहसमा बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी...

  • २०७६ पौष ११, शुक्रबार

    फष्टाउँदै व्यावसायिक च्याउखेती

    थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् । तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् । “गत वर्ष मात्रै हामीले करिब सात क्विन्टल च्याउ बिक्री ग...

  • २०७६ पौष ७, सोमबार

    होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

    सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुटवलका होटल व्यवसायी शाहको नेतृत्वमा ७३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष पर्यटनतर्फ जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष सङ्गठनतर्फ केपी शर्मा, उपाध्यक्ष महिलातर्फ...

  • २०७६ पौष ६, आइतबार

    भ्याटले साना यातायात व्यवसायी मारमा

    बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर९भ्याट०मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सिर्जना भएको हो । सरकारले ऐन संशोधनमार्फत चालू आर्थिक वर्षदेखि नै साना तथा ठूला मालवाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो । यस क्षेत्रबाट...

  • २०७६ पौष ४, शुक्रबार

    मुलुकभरका होटल व्यवसायी सुर्खेतमाः पर्यटन प्रवद्र्धनमा टेवा

    आजदेखि शुरु हुने होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् । महासङ्घले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले...

  • २०७६ पौष २, बुधबार

    काठ लिलाम बिक्रीबाट रु ७४ लाख राजश्व

    एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार साल जातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री...

  • २०७६ पौष १, मंगलबार

    अनलाइनबाटै राजश्व सङ्कलन

    इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो । नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगर प्रमुख दीपक थेवेले बताउनुभयो । यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उहाँले...

  • २०७६ पौष १, मंगलबार

    इँटा उद्योगमा दश करोडको क्षति

    दुई दिनको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा व्यापक क्षति पुगेको छ । गत शुक्रबार र शनिबारको वर्षाका कारण सुकाउनका लागि राखिएका कच्चा इँटामा क्षति पुगेको हो । महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडालका अनुसार सुकाउनका लागि राखिएका करीब रु १० करोड बढीका कच्ची इँटामा क्षति पुगेको छ । “मौसममा आएको एकाएक परिवर्तनका कारण व्यवसायीले इँटा जोगाउन नसक्दा क्षति पुगेको छ”, उहाँले भन्नुभयो । कैलाली र...

  • २०७६ मङ्सिर २९, आइतबार

    रु आठ करोडको इँटा नोक्सान

    शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात करोड ७७ लाख क्षति भएको हो । दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य रु साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार रु सात...

  • २०७६ मङ्सिर २६, बिहिबार

    सुन प्रतितोला ४०० ले बढ्यो

    एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ । महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ८४० निर्धारण गरिएको छ । अघिल्लो बुधबारदेखि लगातार ओरालो...

  • २०७६ मङ्सिर २३, सोमबार

    सुन प्रतितोला २०० ले घट्यो

    साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७०० कायम गरिएको छ । आइतबार...

Pages