STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

न्युरोडका व्यवसायीहरूले गरे सरकारविरुद्ध प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार

काठमाडौं । साना व्यापारी-व्यवसायीहरू न्युरोड क्षेत्रमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न मागसमेत गरेका छन् । लामो समयको लकडाउनले आफूहरू समस्यामा परेको भन्दै न्युरोड क्षेत्रका व्यापारीहरूले २२ गतेदेखि आफैँ पसल खोलेका थिए । तर त्यसको तीन दिनपछि एक्कासी प्रहरीले पसल बन्द गराएपछि उनीहरू रुष्ट छन् । बुधबार पनि पसल खोल्ने प्रयास गरेका उनीहरूलाई प्रहरीले रोकेको छ ।
Categorized in बिजनेस