STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जेठ २५ सम्म कर नतिरे जरिवाना

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार

काठमाडौं – सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई जेठ २५ सम्म कर चुक्ता गर्न भनेको छ । यदि तोकिएको समयमा कर नतिरे जरिवाना लाग्ने सुचना जारी गरेको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन । तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न थालेको छ । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालेको छ । आर्थिक ऐनअनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्याद समेत सोही दिनसम्म मात्र छ । लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्ने माग उद्योगी तथा व्यवसायीको छ ।
Categorized in बिजनेस