STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७६ फाल्गुण २३, शुक्रबार

    कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द

    दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष कामदारको अभाव हुनु, कोइलामा सहज आपूर्ति नहुनु, कोइलामा भएको मूल्यवृद्धि, पूँजीको समस्या र करलगायतका कारणले इँटा उद्योग बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई लामो समयदेखि इँटा उत्पादन गर्दै आएका ती उद्योग विगत दुई...

  • २०७६ फाल्गुण २२, बिहिबार

    खसीबोकाको कारोवार बढ्यो

    तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोवार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण क्षेत्रमा लाग्ने विभिन्न हाट बजारमा खसीबोका किन्ने र बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय डुमरलाल मेहताले बताउनुभयो । होली...

  • २०७६ फाल्गुण २१, बुधबार

    बाइस सयले बढ्यो सुन

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ । महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रु ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी नेपाली बजारमा चाँदीको...

  • २०७६ फाल्गुण २०, मंगलबार

    नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन

    मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त हुनुभएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुनुहुन्छ । नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा पुनले सोमबार हस्ताक्षर गर्नुभयो । प्रमुख...

  • २०७६ फाल्गुण १९, सोमबार

    छडको कच्चापदार्थ आयातमा कमी

    यहाँस्थित भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ । दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६÷७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ । गत आवको सो अवधिमा २९ हजार ९०३ मेट्रिक टन आयात भएको थियो । २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार...

  • २०७६ फाल्गुण १८, आइतबार

    विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष

    यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।  विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही...

  • २०७६ फाल्गुण १८, आइतबार

    टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

    निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी

    पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ । धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिकरूपमा टिकटको व्यवस्था...

  • २०७६ फाल्गुण १५, बिहिबार

    पानीले इँटामा रु १५ करोडको क्षति

    तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्याङ्क आइनसकेको भए...

  • २०७६ फाल्गुण १५, बिहिबार

    माथिल्लो तामाकोशी ठाडो सुरुङले रोकिरहेको छ प्रगति

    सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २० प्रतिशत मात्रै खर्च भएको छ । लामो समयदेखि अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाको निर्माण प्रगति प्रभावकारी नहुनाका विभिन्न कारण रहेका छन् । त्यसमा निर्माण व्यवसायीको कार्यशैली तथा कमजोर आयोजना व्यवस्थापन जोडिएको छ । कूल ९९।३ प्रतिशत...

  • २०७६ फाल्गुण १४, बुधबार

    भद्रपुर हुलाक बचत बैंकको पूँजी रु तीन करोड

    झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो । हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज...

  • २०७६ फाल्गुण १२, सोमबार

    बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै

    जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोवार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ । ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे« एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा...

Pages