STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ मङ्सिर १३, शुक्रबार

    सुन तोलामा ३०० ले बढ्यो

    स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार निर्धारण गरेको छ । बिहीबार छापावला सुन प्रतितोला रु ७१ हजार र तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य रु पाँचले वृद्धि भई...

  • २०७६ मङ्सिर ११, बुधबार

    जाडो बढेसँगै राडीपाखीको कारोवार बढ्यो

    जाडो बढेसँगै रुकुमपूर्वमा राडीपाखीको व्यापार बढेको छ । चिसो शुरु हुन थालेसँगै जिल्लामा उत्पादित राडीपाखीको व्यापार बढ्दै गएको हो । भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट न्यानो कपडा तयार पारिएको हो । स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोवार बढेको स्थानीय व्यापारीले बताएका छन् । जिल्लामा वर्षेनी असोज पहिलो...

  • २०७६ मङ्सिर ९, सोमबार

    आज कति छ सुनचाँदीको मूल्य

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि आइतबारकै मूल्य रु ८५५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • २०७६ मङ्सिर ८, आइतबार

    चार अर्ब ८१ करोडको टे«जरी बिल बिक्री हुँदै

    नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको जनाएको हो । बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    ‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’

    मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ । नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरिएको हो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख डा रामप्रसाद मैनालीले प्रचलित कानूनअनुसार कर नतिर्नेलाई कारवाही गर्ने बताउँदै समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्नेमा जोड...

  • २०७६ मङ्सिर ३, मंगलबार

    ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

    ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५÷७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ । साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव...

  • २०७६ कार्तिक २५, सोमबार

    नेप्से दोहोरो अङ्कले बढ्यो

    लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३।७७ विन्दुले बढेर एक हजार १४५।५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३।२८ विन्दुले बढेर २५२।२९ विन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको...

  • २०७६ कार्तिक २२, शुक्रबार

    होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

    नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग ९होटल तथा रेष्टुराँ० मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ ।...

  • २०७६ कार्तिक २१, बिहिबार

    बाख्रा बेचेर मासिक एक लाख आम्दानी

    यहाँका एक युवाले बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थाल्नुभएको बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ । सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहनुभएका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा फर्केर व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय थाल्नुभएको हो ।...

  • २०७६ कार्तिक १९, मंगलबार

    सनराइजले ऋणपत्र निष्काशन गर्ने

    सनराइज बैंक लिमिटेडले रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी रु तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ गतेसम्म खुल्ला रहने बैंकद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रु तीन अर्बमध्ये १२ लाख कित्ता...

  • २०७६ कार्तिक १७, आइतबार

    दूध बिक्रीबाट मासिक एक लाख २५ हजार

    साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ । गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै जानुभएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका...

  • २०७६ कार्तिक १५, शुक्रबार

    फेरि उकालो लाग्न थाल्यो सुन

    निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले...

Pages