बिजनेस
-
२०७६ माघ ३, शुक्रबार
गैँडाकोटमा नयाँ होटल सञ्चालन
भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी विजनेश ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो । यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि...
-
२०७६ माघ २, बिहिबार
६ महिनामा रु सात अर्ब राजश्व
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा रसुवा भन्सार कार्यालयबाट रू सात अर्ब ३३ करोड राजश्व सङ्कलन भएको छ । दैनिक सरदर रु तीन करोड राजश्व सङ्कलन हुने गर्छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार गत आवको शुरुको छ महिनामा भने रु पाँच अर्ब ६२ करोड राजश्व सङ्कलन भएको थियो । उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल...
-
२०७६ माघ २, बिहिबार
२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि
धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ । बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ । लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २६ अङ्कको सुधार भई एक हजार ३१०।२३ मा पुगेको हो । यस्तै सेन्सेटिभ...
-
२०७६ माघ १, बुधबार
सुन तोलामा ७०० ले वृद्धि
निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४०० तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७४ हजार र तेजाबी सुन प्रतितोला रु ७३ हजार ७०० मा खरिदबिक्री भएको थियो । गत...
-
२०७६ पौष २८, सोमबार
सङ्कटमा परे हाते कागज उद्योग
सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब रु सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले सङ्कटमा परेको हो । उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले उद्योग चलाउन मुस्किल परेको...
-
२०७६ पौष २८, सोमबार
गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै
घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिनुभएको छ । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उहाँले प्राविधिक रुपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहनुभएको छ । उहाँका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन । उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट पनि हुन्छ । च्याउलाई तरिका पु¥याएर तथा जोगाएर उमार्न अप्ठेरो...
-
२०७६ पौष २७, आइतबार
नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि
धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३।५१ हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२।६१ विन्दुले बढेर एक हजार २५५।७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८।४७ विन्दुले बढेर २७२...
-
२०७६ पौष २३, बुधबार
सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने
सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बंैकमा जम्मा गरिदिनुभएको थियो ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा...
-
२०७६ पौष २१, सोमबार
साग बेच्न पाएर किसान दंग, गुन्द्रुक बेच्दै सहकारी
करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले रु आठ हजार आम्दानी गर्नुभयो । गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ । करिब ४०० किलोभन्दा बढी साग बेचेर रु आठ हजारभन्दा बढी आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले मात्रै होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत...
-
२०७६ पौष २१, सोमबार
सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे
सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिनुभयो । लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना...
-
२०७६ पौष १७, बिहिबार
चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार
तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे फोक्सुण्डो गाउँपालिका– ९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उहाँ दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुग्नुभएको हो । जाजरकोटको नलगाड नगरपालिकामा मुख्य बजारयात्रा गर्दै तीन दिनदेखि सदरमुकामस्थित खलङ्गामा उहाँ बस्दै आउनुभएको छ । गुरुङसँगै शे फोक्सुण्डो गाउँपालिकाका धेरै मानिस अहिले देशका...
-
२०७६ पौष १६, बुधबार
कार्बन व्यापारको आम्दानी ग्यास उत्सर्जन नहुने वैकल्पिक मार्गमा लगानी
विश्व बैंकअन्तर्गतको कार्बन कोषले नेपाललाई दिने रकमबाट नेपालमा प्रदूषण कम हुने वैकल्पिक विधिमा खर्च गर्न लागिएको छ । उक्त रकम जलवायु परिवर्तनको मारमा परेका जिल्लामा लगानी गरी त्यहाँको समस्या हल गर्न लागिएको हो । वातावरण प्रदूषणलगायतका अन्य समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत मुख्य शहरमा प्रदूषण नियन्त्रणका लागि रणनीतिक कार्ययोजना बनाएर काम शुरु गर्न लागेको बताएको छ...


