STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ भाद्र १०, मंगलबार

    मूल्यसूची नै राख्दैनन् व्यवसायी

    यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा उपमहानगरपालिकामा दर्ता भएका पसलले नवीकरण नगरेको, अनुमति नलिई विभिन्न पसलमा...

  • २०७६ भाद्र १०, मंगलबार

    सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम

    पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला...

  • २०७६ भाद्र ९, सोमबार

    सुन एकैदिनमा तोलाको एक हजार बढ्यो

    पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भई प्रतितोला रु ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको थियो । यस्तै तेजाबी सुनको...

  • २०७६ भाद्र ८, आइतबार

    विद्युत्को बाँधस्थलमा जग्गा कारोवार ह्वातै बढ्यो

    नलगाड जलविद्युत् कम्पनीको बाँध निर्माण गर्ने बारेकोट गाउँपालिकाको विभिन्न क्षेत्रमा जग्गा किनबेचमा वृद्धि भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा मुआब्जा वितरण गर्ने भएपछि जग्गा किनबेच बढेको हो । कम्पनीको बाँधस्थल डुबान क्षेत्र बारेकोट गाउँपालिका वडा नं १, २, ५, ६, ७, ८ र ९ स्थित जग्गाको बिक्री वितरण बढेको हो । नलगाड जलविद्युत्ले विद्युत्गृह निर्माण स्थल र बाँधस्थलको छ हजार रोपनी जग्गा अधिकरण गरी...

  • २०७६ भाद्र ८, आइतबार

    सुन एक हजार २०० ले बढ्यो, तोलाको ७२ हजार ५००

    पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला...

  • २०७६ भाद्र ८, आइतबार

    नेप्से पुनः ओरालो यात्रामा

    धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३।४५ विन्दुले घटेर एक हजार २०९।६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।२७ विन्दुले घटेर २६३।४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १७१ कम्पनीको १२ लाख ७५ हजार...

  • २०७६ भाद्र ६, शुक्रबार

    घट्यो चिया निकासी

    विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४÷७५ को तुलनामा २०७५÷७६ मा घटेको तथ्याङ्कले देखाएको छ । देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४÷७५ को भन्दा २०७५÷७६ मा एक दशमलब पाँच...

  • २०७६ भाद्र ५, बिहिबार

    नेप्से झिनो अङ्कले घट्यो

    यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०।९९ बिन्दुले घटेर एक हजार २१३।०६ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०।२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता शेयर रु २६ करोड १६ लाख...

  • २०७६ भाद्र ४, बुधबार

    सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

    पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ ।...

  • २०७६ भाद्र २, सोमबार

    नेप्से सात अङ्कले वृद्धि

    धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।८५ बिन्दुले बढेर २६४।९६ मा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन । आज कूल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख...

  • २०७६ श्रावण ३०, बिहिबार

    खसीबोका आयातमा ४८ प्रतिशतले कमी

    नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४÷०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४÷०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए । सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा सुँगुर, बङ्गुर आयात भएको भएको छ । आव २०७४÷०७५ मा आठ हजार ७७१ वटा सुँगुर, बङ्गुर आयात भएकोमा आव २०७५÷...

  • २०७६ श्रावण २९, बुधबार

    खसी बिक्री गरेर रु तीन करोड आम्दानी

    तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले ३५ वटा बाख्रा पाल्नुभएको छ । सोही ठाउँका श्रीमाया आलेले गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गर्नुभयो । त्यस्तै सोही ठाउँकै डिलमाया आलेले पनि गत वर्ष रु ६ लाख मूल्य बराबरको...

Pages