बिजनेस
-
२०७६ मङ्सिर ३, मंगलबार
ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने
ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५÷७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ । साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव...
-
२०७६ कार्तिक २५, सोमबार
नेप्से दोहोरो अङ्कले बढ्यो
लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३।७७ विन्दुले बढेर एक हजार १४५।५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३।२८ विन्दुले बढेर २५२।२९ विन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको...
-
२०७६ कार्तिक २२, शुक्रबार
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि
नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग ९होटल तथा रेष्टुराँ० मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ ।...
-
२०७६ कार्तिक २१, बिहिबार
बाख्रा बेचेर मासिक एक लाख आम्दानी
यहाँका एक युवाले बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थाल्नुभएको बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ । सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहनुभएका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा फर्केर व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय थाल्नुभएको हो ।...
-
२०७६ कार्तिक १९, मंगलबार
सनराइजले ऋणपत्र निष्काशन गर्ने
सनराइज बैंक लिमिटेडले रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी रु तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ गतेसम्म खुल्ला रहने बैंकद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रु तीन अर्बमध्ये १२ लाख कित्ता...
-
२०७६ कार्तिक १७, आइतबार
दूध बिक्रीबाट मासिक एक लाख २५ हजार
साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ । गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै जानुभएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका...
-
२०७६ कार्तिक १५, शुक्रबार
फेरि उकालो लाग्न थाल्यो सुन
निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले...
-
२०७६ कार्तिक ८, शुक्रबार
च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार
गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे । गत वर्ष रु एक हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरु यस वर्षको दशैँमा रु एक हजार ३०० प्रतिकिलोका दरले बिक्री बितरण गरे । नेपाल सरकारले विगतका वर्षहरुमा भारतबाट आयात हुने गरेका खसीबोका...
-
२०७६ कार्तिक ८, शुक्रबार
नेपाली कफीको अन्तरराष्ट्रिय बजार
बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । विश्वमै उत्कृष्ट ब्राण्ड पाएको यहाँको कफीमा पछिल्लो चार वर्षदेखि उप्पादनमा कमी आएको हो । विसं २०७० देखि...
-
२०७६ कार्तिक ७, बिहिबार
सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री
कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झन्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो ।...
-
२०७६ कार्तिक ६, बुधबार
बाँकेमा बङ्गुरपालन व्यवसाय असफल
जिल्लामा व्यावसायिकरूपमा बङ्गुरपालन विसं २०६० देखि शुरु भयो । व्यावसायिक फार्म शुरु भएको एक दशक अर्थात् विसं २०७० सम्म जिल्लामा एक दर्जन मात्र बङ्गुर फार्म थिए । पशु सेवा विभागअन्तर्गतको पशु उत्पादन निर्देशनालय केन्द्रीय बङ्गुर कुखुरा प्रवद्र्धन कार्यालयले ‘बङ्गुर सुधार कार्यक्रम’ राष्ट्रिय अभियान सञ्चालन गरेको थियो । एउटा जिल्लालाई रु २५ देखि रु ३० लाखसम्म बजेट थियो । यही कार्यक्रमअन्तर्गत...
-
२०७६ कार्तिक ४, सोमबार
तिहारको लागि माटोका भाँडा अत्यधिक बिक्री
तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ । उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन् । दियो...


