STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ श्रावण २०, सोमबार

    धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

    धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४।५५ अङ्कले घटेर एक हजार २५५।०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०।७७ अङ्कले घटेर २७१।०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भयो । कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ ।...

  • २०७६ श्रावण १९, आइतबार

    निर्यात व्यापारमा कमी

    औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा रहेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुको भारत तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापार विगत १० वर्षको तुलनामा हाल ७७ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्ष २०७५÷७६ मा हेटौँडाका चार वटा उद्योगले मात्र...

  • २०७६ श्रावण १६, बिहिबार

    करोडौँ मूल्यको आलु कुहियो

    असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा...

  • २०७६ श्रावण १६, बिहिबार

    व्यावसायिक टिमुर खेती शुरु

    जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ । जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई पकेट क्षेत्रका रुपमा छनौट गरी कृषकले समूहमा टिमुर खेती गर्न थालेका छन्...

  • २०७६ श्रावण १६, बिहिबार

    शेयर बजार ः नेप्से सामान्य अङ्कले घट्यो

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १।७४ बिन्दुले घटेर एक हजार २६३।८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०।७१ बिन्दुले घटेर २७२।५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९मा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार...

  • २०७६ श्रावण १६, बिहिबार

    निगमले असोजदेखि जापानको नारिता उडान गर्ने

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । निगमले...

  • २०७६ श्रावण १५, बुधबार

    घरवासमा पर्यटक घटेपछि व्यवसायी मर्कामा

    पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास होमस्टे मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको दक्षिण एशियाकै नमूना ग्रामीण पर्यटकीय क्ब्होलासोथर गाउँपालिका–३ मा...

  • २०७६ श्रावण १४, मंगलबार

    शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३।३९ अङ्कले वृद्धि भएर एक हजार २५९।३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०३ अङ्कले बढेर २७२।१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ मध्ये चार...

  • २०७६ श्रावण १३, सोमबार

    सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बीमा

    तनहँुको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो । गत वर्ष रु २० लाख आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रति परिवार रु दुई हजार ५०० का दरले रु दुई लाख पाँच हजार लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले...

  • २०७६ श्रावण १३, सोमबार

    शेयर बजार नेप्सेमा तीन अङ्कको वृद्धि

    आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।१८ विन्दुले बढेर एक हजार २५५।९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २७१।११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड...

  • २०७६ श्रावण १२, आइतबार

    बिरुवाबाट मनग्य आम्दानी

    जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो । नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि यो वर्ष रु ३२ हजार बिरुवा बिक्री गरेर रु पाँच लाख आम्दानी...

  • २०७६ श्रावण १२, आइतबार

    व्यावसायिक दूध उत्पादन

    मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो । बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र दुई वटा बाच्छा ल्याएको सहकारीले जनाएको छ । ती गाईमध्ये दुई जर्सी र तीनवटा होलिस्ट्यान जर्सी जातका गाई छन् । एउटा गाईले एक पटकमा...

Pages