STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एनआईसी एसिया बैंकको नयाँ शाखा कलाकारिता प्रवद्र्धनमा प्रतिबद्ध

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १६, बिहिबार

पाटनको मूर्तीकला उत्पादनको केन्द्रबिन्दु रहेको क्षेत्र ओकुबहाल नजिकै प्रयागपोखरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा खुलेको छ । शाखाको बुधवार बिहान अरनिको संस्कृति तथा व्यापार प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीको हातबाट उदघाट्न गरिएको छ । शाखाको उदघाट्न कार्यक्रममा सम्बोधन गर्दै जोशीले भने, ूदेशभर शाखा बिस्तार गर्दै बैंकिंग सेवाबाट मन जितेको यस शाखाले मूर्तीकला व्यवसाय र कलाकारहरुको प्रवद्र्धनमा सहयोग मिलोस, बडा दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको पनि सबैमा मंगलमय शुभकामना ।ू एन आई सि एसियाको ३०४औं शाखाका रुपमा स्थापित यस बैंकका शाखा प्रबन्धक मोहन कार्कीले स्थानीयहरुको बैंकिंग सुविधासँगै बिशेषत कलाकारहरुको प्रवद्र्धनतर्फ पनि कदम चालिने बताएका छन । उदघाट्न लगत्तै फरक क्षमता भएका चित्रकलाकर्मी मनिष महर्जन र सुन्दर श्रेष्ठको चित्रकला प्रदर्शन गर्दै उनीहरुकालागि निशुल्क खाता खोलिएको उनले बताए । बाथरोग समस्या बावजूद व्यवसायिक चित्रकारितामा लागेका मनिष महर्जनले भने ूहाम्रो कलाकारितालाई सम्मान गरि हामीलाई उद्यमशीलतातर्फ प्रोत्साहित गर्नुभएकोमा बैंकप्रति आभार व्यक्त गर्दछौं ।ू यसकासाथै चर्चित युवा संगीत ब्याण्ड जेनिथसँग सहकार्य गरि बैंकले सामाजिक हितकालागि कलाकार प्रवद्र्धन सहयोग कोष स्थापना तर्फ कार्य गर्ने बताएका छन । ूहामी सबैको सामाजिक दायित्व स्वरुप संगीत र कलाकारिता क्षेत्रमा योगदान दिइसकेका तर विभिन्न आर्थिक समस्याका कारण छाँयामा परेका कलाकारहरुको उत्थानमा लाग्न एक कोषको निर्माणमा बैंकसँग सहकार्य गर्नेछौं,ू जेनिथ ब्याण्डका गायक सबिन शाक्यले बताए । ूबैंक पनि, साथी पनि क्ष् राम्रो पनि, हाम्रो पनि ू भन्ने नारालाई चरितार्थ गर्दै एनआईसि बैंक एसियाले दशैंतिहारको अवसरमा नयाँ स्किमका रुपमा पुरै परिवारकालागि १ करोड तीस लाख भन्दा बढीका बिमा लयागतका विभिन्न सुविधासहित सुपर चमत्कारिक खाताहरु बजारमा ल्याएका छन ।
Categorized in बिजनेस