बिजनेस
-
२०७६ भाद्र १६, सोमबार
टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी
सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१।५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८।४८ प्रतिशत शेयर आमसर्वसाधारण र कर्मचारीको रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री...
-
२०७६ भाद्र १४, शनिबार
साताको शेयर ः एक अर्ब ६१ करोडको कारोवार
धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ । बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको छ । यस साता ६० लाख २४ हजार ९७५...
-
२०७६ भाद्र १३, शुक्रबार
रोजिन निर्यात घट्यो
रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक बताउँछन् । खर्च धान्नै मुस्किल भएपछि जिल्लामा पहिलो पटक २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग बन्द गर्न...
-
२०७६ भाद्र १३, शुक्रबार
सुनको मूल्यमा गिरावट
पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य...
-
२०७६ भाद्र १२, बिहिबार
आम्दानीको मुख्य स्रोत बन्दै ‘रुद्राक्ष’
भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले बताउनुभयो । यो वर्ष व्यापारीले रुद्राक्ष बगैँचाबाट ठेक्कामा...
-
२०७६ भाद्र १२, बिहिबार
८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००
पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु ७२ हजार ६०० मा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु...
-
२०७६ भाद्र ११, बुधबार
मकैको परिकार बेचेर आम्दानी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोन कार्यक्रम लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आउनुभएको हो । उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक समूह पिपरखुट्टीको पहलमा आफू यस...
-
२०७६ भाद्र १०, मंगलबार
मूल्यसूची नै राख्दैनन् व्यवसायी
यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा उपमहानगरपालिकामा दर्ता भएका पसलले नवीकरण नगरेको, अनुमति नलिई विभिन्न पसलमा...
-
२०७६ भाद्र १०, मंगलबार
सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम
पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला...
-
२०७६ भाद्र ९, सोमबार
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो
पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भई प्रतितोला रु ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको थियो । यस्तै तेजाबी सुनको...
-
२०७६ भाद्र ८, आइतबार
विद्युत्को बाँधस्थलमा जग्गा कारोवार ह्वातै बढ्यो
नलगाड जलविद्युत् कम्पनीको बाँध निर्माण गर्ने बारेकोट गाउँपालिकाको विभिन्न क्षेत्रमा जग्गा किनबेचमा वृद्धि भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा मुआब्जा वितरण गर्ने भएपछि जग्गा किनबेच बढेको हो । कम्पनीको बाँधस्थल डुबान क्षेत्र बारेकोट गाउँपालिका वडा नं १, २, ५, ६, ७, ८ र ९ स्थित जग्गाको बिक्री वितरण बढेको हो । नलगाड जलविद्युत्ले विद्युत्गृह निर्माण स्थल र बाँधस्थलको छ हजार रोपनी जग्गा अधिकरण गरी...
-
२०७६ भाद्र ८, आइतबार
सुन एक हजार २०० ले बढ्यो, तोलाको ७२ हजार ५००
पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला...


