बिजनेस
-
२०७६ श्रावण १६, बिहिबार
निगमले असोजदेखि जापानको नारिता उडान गर्ने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । निगमले...
-
२०७६ श्रावण १५, बुधबार
घरवासमा पर्यटक घटेपछि व्यवसायी मर्कामा
पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास होमस्टे मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको दक्षिण एशियाकै नमूना ग्रामीण पर्यटकीय क्ब्होलासोथर गाउँपालिका–३ मा...
-
२०७६ श्रावण १४, मंगलबार
शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३।३९ अङ्कले वृद्धि भएर एक हजार २५९।३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०३ अङ्कले बढेर २७२।१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ मध्ये चार...
-
२०७६ श्रावण १३, सोमबार
सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बीमा
तनहँुको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो । गत वर्ष रु २० लाख आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रति परिवार रु दुई हजार ५०० का दरले रु दुई लाख पाँच हजार लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले...
-
२०७६ श्रावण १३, सोमबार
शेयर बजार नेप्सेमा तीन अङ्कको वृद्धि
आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।१८ विन्दुले बढेर एक हजार २५५।९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २७१।११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड...
-
२०७६ श्रावण १२, आइतबार
बिरुवाबाट मनग्य आम्दानी
जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो । नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि यो वर्ष रु ३२ हजार बिरुवा बिक्री गरेर रु पाँच लाख आम्दानी...
-
२०७६ श्रावण १२, आइतबार
व्यावसायिक दूध उत्पादन
मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो । बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र दुई वटा बाच्छा ल्याएको सहकारीले जनाएको छ । ती गाईमध्ये दुई जर्सी र तीनवटा होलिस्ट्यान जर्सी जातका गाई छन् । एउटा गाईले एक पटकमा...
-
२०७६ श्रावण १०, शुक्रबार
पहाडको आलु भारतीय बजारमा लोकप्रिय
खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो रु आठदेखि १० सम्म सस्तो हुने भए पनि...
-
२०७६ श्रावण ९, बिहिबार
बेलको जुसतर्फ आकर्षण बढ्दै
वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो । बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने र पाचनशक्ति बढाउने, उच्चरक्तचाप, झाडापखलालगायतका विभिन्न...
-
२०७६ श्रावण ८, बुधबार
जडीबुटी उत्पादनमा लगानी
तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी रु २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिनुभयो । सहकारीका शेयर सदस्यले तारखोलामा तीन हजार केजी सतुवा, चार हजार केजी चिराइतो...
-
२०७६ श्रावण ८, बुधबार
वार्षिक साढे छ अर्बको काठ आयात
झट्ट सुन्दा पत्यार नलाग्न सक्छ मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको छ । भन्सार विभागका अनुसार गत आवमा भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन...
-
२०७६ श्रावण ७, मंगलबार
पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु
पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाई फार्मको रु २५ लाखको...


