STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७४ फाल्गुण ९, बुधबार

    सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेबुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ज्यूबाट संयुक्त रुपमा शाखाहरुको समुद्घाटन भएको हो । उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । हाल...

  • २०७४ फाल्गुण ९, बुधबार

    शेयर बजारमा देखिएन रौनक

    काठमाडौं, बुधबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । गत बिहीबार नयाँ सरकार गठनसँगै ३६ अंकले उकालो लागेको बजार त्यसयता लगातार तेस्रो दिन पनि घटेको हो । बुधबार नेप्से परिसुचक ९ दशमलव ६४ अंकले घटेर १ हजार ३ सय ८७ दशमलव ०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । नयाँ सरकार गठन भएको दिन ३६ अंकको वृद्धिले हौसिएका लगानीकर्ता पुन लगातारको घटाई शेयर बजारप्रति शसंकित देखिएका छन् । नयाँ सरकार गठन भएपनि...

  • २०७४ फाल्गुण ९, बुधबार

    सात महिनामा ४३ अर्बको इन्धन आयात

    पर्सा,  चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३÷७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

    –गोकर्णप्रसाद भण्डारी चरिकोट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक...

  • २०७४ माघ १५, सोमबार

    विश्व सम्पदा क्षेत्र र ‘महर्जन बिजनेश एशोसियट्स’ भवनको कनेक्सन !!!

    विश्व सम्पदा क्षेत्र नजिक रहेको निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट्स’को भवनको विषयमा कसैले पनि विरोध गर्नुपर्ने नदेखिएको बताइएको छ । उक्त भवनले विश्व सम्पदा क्षेत्रलाई नकारात्मक प्रभाव पार्न सक्ने भन्दै केहीले विरोध गरेपछि काठमाडौं महानगरपालिकाका प्रवत्ता ज्ञानेन्द्र कार्कीले पूरातत्व विभागकै स्विकृतिमा नक्सा पाससहित भूमिगत तल्ला निर्माण भएकाले विरोध गर्नु औचित्य नभएको बताउनुभयो । ‘अहिलेसम्म...

  • २०७४ माघ १२, शुक्रबार

    टेलिकमद्वारा २२ लाख बक्यौता असुल

    नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ । धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै रु ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो । “पाँच सयभन्दा बढी ग्राहकले पुरानो बक्यौता तिर्न बाँकी छ,” उहाँले भन्नुभयो– “ठूलो रकम भएका एक सयभन्दा बढी ग्राहकले बक्यौता...

  • २०७४ माघ १२, शुक्रबार

    सुबिसु क्यान इन्फोटेक २०१८ मा अफरको बहार

    काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिहीबारदेखि सञ्चालन भएको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ मा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहारलगायत विभिन्न अफर र योजना सार्वजनिक गरेका छन् । क्यान इन्फोटेक अवधिभर ल्याइएको यस्ता अफरमा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकको पहिलो दिन बिहिबार ३२ हजार एक सय ८१ जनाले अवलोकन गरेकोमा दोश्रो दिन आज...

Pages