बिजनेस
-
२०७६ श्रावण ७, मंगलबार
नेप्से उकालो यात्रामा
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५।९४ बिन्दुले बढेर एक हजार २७७।१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९२ ले बढेर २७४।४१ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ ।...
-
२०७६ श्रावण ६, सोमबार
ओरालो लाग्दै नेपालगञ्जका होटल व्यवसाय
पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका पाँच तारेसहितका सुविधा सम्पन्न होटल मुलुकको सङ्घीय...
-
२०७६ श्रावण ६, सोमबार
शेयर बजार नेप्सेमा सामान्य सुधार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।४८ विन्दुले बढेर एक हजार २७१।२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।१९ विन्दुले बढेर २७३।५० मा पुगेको छ । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद...
-
२०७६ श्रावण ३, शुक्रबार
ठूला उद्योगीमा मात्र भिसीटिएस लागू गर्न माग
सप्तरीका उद्योगी व्यवसायीहरुले सरकारले मालवाहक सवारीसाधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम भिसीटिएस ठूला उद्योगीहरुमा मात्र लागू गर्नुपर्ने माग गरेका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मझौला तथा साना उद्योगी व्यवसायीका हकमा...
-
२०७६ श्रावण २, बिहिबार
व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो
जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको थियो । औषधिको रूपमा प्रगोग गरिने वनस्पतिको यहाँ खेती हुँदै आएको र ती १२ प्रजातिका जडीबुटी खेतीका...
-
२०७६ श्रावण १, बुधबार
आलु चिप्स उद्योग सञ्चालनमा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा भएको छ । स्थानीय उद्योगी इच्छाराम दाहालले सञ्चालन गरेको उद्योग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो । “मेसिन मात्रै रु ३५ लाखमा खरीद गरेका छौँ”, उद्योगी दाहालले भन्नुभयो, “त्यसमा...
-
२०७६ आषाढ ३१, मंगलबार
राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक बंैक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा...
-
२०७६ आषाढ ३०, सोमबार
शेयर बजार ः नेप्से पाँच अङ्कले बढ्यो
सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५।०८ बिन्दुले बढेर एक हजार २५४।५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।७१ बिन्दुले बढेर २७०।२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि भएन । कूल १७०...
-
२०७६ आषाढ २९, आइतबार
बीस अर्बको टे«जरी बिल बिक्री गरिँदै
नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा टे«जरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ । बैंकले यसअघि यही असार २३ गते पनि टे«जरी बिल...
-
२०७६ आषाढ २७, शुक्रबार
तातोपानीबाट आयात शुरु
एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता...
-
२०७६ आषाढ २६, बिहिबार
भारतीय सैनिकको जागिर छाडेर बाख्रापालन
वैदेशिक रोजगारीबाट फर्किएका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । परदेश गएर कठोर परिश्रम गर्नुपरेपछि उनीहरुलाई यो व्यवसाय उपयुक्त लागेको हो । चापाकोट नगरपालिका–४ घुर्लीचौरका ४४ वर्षीय केशरबहादुर खाँणको दैनिकी बाख्राको स्याहारसुसारमै बित्ने गर्छ । भारतीय सेनामा ७ वर्ष बिताउनुभएका खाँण अहिले बाख्रापालन व्यवसायमा रमाइरहनु भएको छ । भारतीय सेनामा काम गरेर अवकाश लिएका उहाँले लण्डनमा ७ वर्ष...
-
२०७६ आषाढ २६, बिहिबार
शेयर बजारः ओरालो यात्रा कायमै
बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ...


