STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ जेठ ६, सोमबार

    व्यावसायिक एभोकाडा खेती

    पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडाको व्यावसायिक खेती शुरु भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरु गरेका हुन् ।  किसानलाई...

  • २०७६ जेठ ६, सोमबार

    शेयर बजार  नौ अङ्कले घट्यो

    धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९।१३ बिन्दुले घटेर एक हजार ३०७।७१ अङ्कमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९९ बिन्दुले घटेर २७९।८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद...

  • २०७६ जेठ ५, आइतबार

    शेयर बजार ः सामान्य अङ्कले घट्यो

    धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १।८७ बिन्दुले घटेर एक हजार ३१६।८४ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६५ बिन्दुले घटेर २८०।७९ बिन्दुमा पुगेको छ । कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर रु एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५...

  • २०७६ जेठ २, बिहिबार

    शेयर बजार ः दुई अङ्कले घट्यो

    शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।२९ अङ्कले घटेर एक हजार ३१८।७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।८१ अङ्कले घटेर २८१।४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । कारोवार...

  • २०७६ जेठ २, बिहिबार

    व्यापार घाटा २४ प्रतिशतले वृद्धि

    उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ ।  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महीनामा व्यापार घाटा करीब २४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ ।  पछिल्लो समय मुलुकमा विभिन्न वस्तु तथा सेवाको आयात बढ्दै गएको तथा सोही...

  • २०७६ बैशाख २५, बुधबार

    शेयर बजारमा गिरावट

    सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३।६८ बिन्दुले घटेर एक हजार २९७।६० बिन्दुमा पगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।१७ बिन्दुले घटेर २७८।०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९...

  • २०७६ बैशाख २३, सोमबार

    शेयर बजार ः २२ अङ्कको वृद्धि

    लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शुन्य एक अङ्कले बढेको छ । सेन्सेटिभ परिसूचक भने एक दशमलव...

  • २०७६ बैशाख २०, शुक्रबार

    च्याउखेतीबाट रु छ लाख आम्दानी

    बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो । उहाँले भन्नुभयो, “सबै काम मिलाएर पालैपालो गर्छौँ”, धेरै खट्नु पनि नपर्ने र आम्दानी राम्रो हुने भएकाले च्याउखेती नरन्तर गर्दै आएको...

  • २०७६ बैशाख १९, बिहिबार

    कदुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

    पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ । यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् ।जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन् । जनसेवीले चार लाख ३२ हजार ९९० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । सो संस्थाले...

  • २०७६ बैशाख १७, मंगलबार

    शेयर बजार ः दोहोरो अङ्कले घट्यो

    एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।७० बिन्दुले घटेर एक हजार २९८।६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।७४ बिन्दुले घटेर २७९।१० मा पुगेको छ । कारोवार रकम पनि आइतबार, सोमबारको...

  • २०७६ बैशाख १५, आइतबार

    शेयर बजारमा २२ अङ्कको वृद्धि  डेढ अर्ब माथिको कारोवार

    धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२।३९ विन्दुले वृद्धि भई एक हजार ३१४।५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १।७३ प्रतिशतले वृद्धि भएको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३।१८ विन्दुले बढेर २८२।८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता...

  • २०७६ बैशाख १२, बिहिबार

    उद्यमी बन्न थाले महिला 

    हाते बुनाई तालीम लिएका महिलाहरु उद्यमी बन्न थालेका छन् । कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट ऊनको हाते बुनाई तालीम लिएर उनीहरु उद्यमी बन्न थालेका हुन् ।  तालीममा सहभागी २० महिला अस्पताल रोड नजिकै टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने काममा व्यस्त देखिन्छन् । बिहान १० देखि साँझ ४ बजेसम्म उनीहरु टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने गर्छिन । जनजाति समुदायका १० र अन्य समुदायका १० गरी २० महिलाले सो...

Pages