STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७६ भाद्र २२, आइतबार

    खसी बोका खरीद बिक्री केन्द्र स्थापना

    चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद बिक्री केन्द्रको स्थापना गरेको हो । केन्द्रको शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले गुणस्तरीय उत्पादन गर्न सकेमा...

  • २०७६ भाद्र २२, आइतबार

    शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

    साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२।६१ बिन्दुले घटेर एक हजार १७८।४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।७७ बिन्दुले घटेर २५७।१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो...

  • २०७६ भाद्र २०, शुक्रबार

    सुनको मूल्य तोलाको चौध सयले घट्यो

    लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार...

  • २०७६ भाद्र १९, बिहिबार

    विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

    वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स ९युएई० र मलेशिया बस्नुभयो । विदेशमा बस्दा...

  • २०७६ भाद्र १९, बिहिबार

    सुनको मूल्यमा सामान्य गिरावट

    लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० मा कारोवार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० निर्धारण...

  • २०७६ भाद्र १९, बिहिबार

    थामियो नेप्से

    धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३।७ विन्दुले घटेर एक हजार १९१।०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।९६ विन्दुले घटेर २५९।९० विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोवार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर रु २९ करोड एक...

  • २०७६ भाद्र १८, बुधबार

    ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी

    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन शुरु गर्नुभएको हो । शुरुको वर्षमा रु पाँच लाखको बिक्री गरेपछि यस वर्ष रु २५ लाखसम्मको बिक्री गरिसकेको उहाँले...

  • २०७६ भाद्र १७, मंगलबार

    केरा बिक्रीबाट मासिक ५० हजार आम्दानी

    पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती गरेर केरा बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी कमाई गर्न थालेको...

  • २०७६ भाद्र १७, मंगलबार

    चाडपर्व नजिकिँएसँगै मासुको मूल्य बढ्यो

    चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी रु ८०० नाघेको छ । “एकातिर भारतबाट आउने खसीको...

  • २०७६ भाद्र १७, मंगलबार

    सुनको मूल्य तोलाको ५०० ले बढ्यो

    भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरिएको...

  • २०७६ भाद्र १६, सोमबार

    क्यान्सर अस्पतालको आम्दानी बढ्यो

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ । अस्पतालका अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार गत आवमा रु ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको थियो । अघिल्लो आवभन्दा रु १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको छ । आव २०७४÷७५ मा रु १९ करोड ४१ लाख ३९ हजार तथा आव २०७३÷७४ मा अस्पतालको...

  • २०७६ भाद्र १६, सोमबार

    धितोपत्र बजार ः दोहोरो अङ्कको गिरावट कायमै

    आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४।४५ बिन्दुले घटेर एक हजार १७०।३४ मा पुगेको छ । आज नेप्से १।२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २।९८ अर्थात १।१५ प्रतिशतले ओरालो लागी २५६।३१ विन्दुमा झरेको छ । नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । कूल...

Pages