relans
ni new 83
nib 2082 5

शेयर बजार ः चार अङकले घट्यो नेप्से

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।४५ बिन्दुले घटेर एक हजार २५६।०४ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।११ बिन्दुले घटेर २७०।३५ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर घटेको छ । बैंकिङ ६।७, व्यापार १।३५, जलविद्युत् ३।१६, अन्य ०।४६, लघुवित्त ९।०७, जीवन बीमा ५०।२४ बिन्दुले घटेका छन् । यस्तै होटल ६।८४, विकास बैङ्क ३।१५, वित्त २।६९, निर्जीवन बीमा ३८।३२, उत्पादन ११।०७ र सामूहिक लगानी कोष ०।०१ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज सिभिल बैङ्क शीर्ष स्थानमा पुगेको छ । सो बैंकको रु पाँच करोड ७९ लाख ८० हजार ७४८, मेगा बैंकको रु चार करोड ६९ लाख एक हजार ८८७, नेपाल बैंकको रु चार करोड १० लाख ६३ हजार २२, सेञ्चुरी बैंक रु तीन करोड २६ लाख सात हजार ६२, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ र प्रभु बैंक रु दुई करोड ११ लाख ४९ हजार ३०८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९।८६, दिव्यश्वेरी हाइड्रो पावरको ९।२३, रैराङ हाइड्रो पावर ४।६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४।३७, वेस्ट फाइनान्स कम्पनी ३।९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३।९५ प्रतिशतल्े कमाए । यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११।३०, स्वरोजगार लघुवित्त विकास बैंक ४।७४, मिथिला लघुवित्त वित्तीय संस्था ४।७३, खानीखोला हाइड्रो पावर ४।०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।६१ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस
ppp 2