STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यावसायिक दूध उत्पादन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो । बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र दुई वटा बाच्छा ल्याएको सहकारीले जनाएको छ । ती गाईमध्ये दुई जर्सी र तीनवटा होलिस्ट्यान जर्सी जातका गाई छन् । एउटा गाईले एक पटकमा ६ लिटर दूध दिने गरेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताउनुभयो । “यस ठाउँको दूध अभावलाई आपूर्ति गर्ने उद्देश्यले व्यावसायिक रुपमा दूध उत्पादन गर्न शुरु गरेका छौँ”, व्यवस्थापक अधिकारीले भन्नुभयो, “यहाँका स्थानीयले बढी मात्रामा गाईगोरु, भेडाबाख्रा पाल्ने भएकाले दूध निकै कम पाइने गर्दछ ।” यहाँको माग र आवश्यकतालाई दृष्टिगत गर्दै दूध उत्पादन गर्दै आएको उहाँको भनाइ छ । उत्पादित दूधले हाल गाउँपालिका केन्द्र खाबाङ बगर, त्रिवेणी, महत लगायतका क्षेत्रमा आपूर्ति भइरहेको छ । दीर्घकालीन रुपमा जिल्लाका अन्य स्थानीय तहका विभिन्न बजार क्षेत्र र रुकुम ९पश्चिम० र रोल्पामा पनि दूध पु¥याउने लक्ष्य राखेको सहकारीले जनाएको छ । अहिले उक्त सहकारीमा गाई हेर्नका लागि दुई जना मान्छे पनि राखिएको छ । प्रदेश सरकार, भूमे गाउँपालिका र सहकारीको सहयोगमा गाईपालन शुरु गरिएको हो । सो व्यवसायका लागि अहिलेसम्म ६ रोपनी जग्गा भाडा, गोठ निर्माण, गाई खरिदसमेत गरेर रु २४ लाख लगानी भएको भएको सहकारीले जनाएको छ । प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १४ लाख, भूमे गाउँपालिकाको रु चार लाख र सहकारीको रु पाँच लाखको लगानीमा गाईपालन थालिएको बताइएको छ । रुकुम ९पूर्व०का विभिन्न ठाउँमा छिट्फुट रुपमा दूध पाइने गरेको थियो । त्यति दूध स्थानीयहरुका लागि पर्याप्त थिएन । सहकारीमार्फत दूध उत्पादन शुरु गरेपछि स्थानीयवासीहरु पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् ।
Categorized in बिजनेस