relans
ni new 83
nib 2082 5

शेयर बजार नेप्सेमा तीन अङ्कको वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।१८ विन्दुले बढेर एक हजार २५५।९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २७१।११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । आइतबार कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा कारोबार भएको थियो । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ४।१६, जीवन बीमा १५।७९ र सामूहिक लगानी कोष ०।०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमुहको कारोवारका बारेमा भने कुनै विवरण उल्लेख छैन । बैंकिङ २।५९, विकास बैंक ३।७८, जलविद्युत् १।४८, वित्त ५।१९, निर्जीवन बीमा १।३४, अन्य २।२ र लघुवित्त २३।४ विन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख ६६ हजार ४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंक रु दुई करोड २३ लाख ७९ हजार ३८७, साना किसान विकास बैंक रु दुई करोड नौ लाख तीन हजार ६३१, शिवम् सिमेन्ट रु एक करोड ८४ लाख १७ हजार ७८, कृषि विकास बैंक रु एक करोड ५२ लाख ५२ हजार ७१२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ४१ हजार ६०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज दश प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९।७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९।३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८।७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७।०६, गुराँस लघुवित्त वित्तीय संस्था ६।४८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६।२२ प्रतिशतले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३।८४, यूनिभर्सल पावर कम्पनी ३।२९, सिनर्जी पावर ३।२९, युनाइटेड इन्स्योरेन्स कम्पनी २।६३, र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले २।५५ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस
ppp 2