STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो रु आठदेखि १० सम्म सस्तो हुने भए पनि पालुङको नयाँ आलु खानमा स्वादिलो तथा मीठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुको थोक व्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए । यहाँ थोक व्यापारीहरु करिब १५ छन् र तिनीहरुले पालुङको आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुको माग बढ्दै गएपछि अहिले टाँगामा दैनिक १५ लाख मूल्य बराबरको करिब ५० टन पालुङको आलु सीमावर्ती रक्सौल बजारमा जाने गरेको व्यापारीहरु बताउँछन् । पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि ग्राहकहरुको मागलाई ध्यानमा राखी यहाँका व्यापारीहरु पालुङमा उत्पादन हुने आलुलाई प्राथमिकतामा राखी यसको व्यापार गर्ने गर्दछन् । अहिले पालुङका नयाँ आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री हँुदै आएको छ ।
Categorized in बिजनेस