STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन तोलाको ८०० ले घट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १४, मंगलबार

दसैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो दुई÷तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।
Categorized in बिजनेस