STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ आश्विन ६, सोमबार

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन

    तनहुँको बन्दीपुर गाउँपालिकास्थित बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा केन्द्रले लक्ष्यभन्दा ३७ वटा बाख्रा बढी उत्पादन गरेको हो । केन्द्रका वरिष्ठ प्राविधिक डा शिवहरि घिमिरेले उक्त वर्ष २०० बाख्रा उत्पादन गर्ने लक्ष्य रहे पनि २३७ वटा बाख्रा उत्पादन भएको जानकारी दिनुभयो । घिमिरेका अनुसार उत्पादन भएका बाख्रामध्ये १२७ पाठा र ११० वटा...

  • २०७६ आश्विन ६, सोमबार

    स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

    गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ । यो वर्ष जुम्लाले छ हजार १०० मेट्रिक टन स्याउ उत्पादन गरेको छ । स्याउ नेपालका प्रमुख शहर सुर्खेत, कोहलपुर, नेपालगञ्ज, धनगढी, बुटवल, पोखरा, काठमाडौँ मात्र नभएर सल्यान, जाजरकोट, दैलेख, रुकुम, प्यूठान...

  • २०७६ आश्विन ५, आइतबार

    शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

    साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०५ बिन्दु अर्थात् १।३९ प्रतिशतले घटेर एक हजार १३९।२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९।७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड...

  • २०७६ आश्विन २, बिहिबार

    सुन तोलाको ६०० ले घट्यो

    भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो ।...

  • २०७६ आश्विन १, बुधबार

    अदुवाको मूल्य अहिलेसम्मकै उच्च

    कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ । विकसित शहरमा...

  • २०७६ भाद्र ३१, मंगलबार

    बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

    अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ । सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । मूल्य निर्धारण...

  • २०७६ भाद्र ३१, मंगलबार

    नेप्से झन्डै २७ अङ्कले बढ्यो

    अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न...

  • २०७६ भाद्र ३०, सोमबार

    अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

    विगत दुई वर्ष यता फुल अण्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु २७० तोकेको थियो । तर, हाल...

  • २०७६ भाद्र ३०, सोमबार

    नेप्से दोहोरो अङ्कले घट्यो

    आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।१८ बिन्दु अर्थात् १।४२ प्रतिशतले घटेर एक हजार १२३।८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १।४६ अर्थात् ३।६६ बिन्दुले घटेर २४६।३५ बिन्दुमा ओर्लिएको छ...

  • २०७६ भाद्र २९, आइतबार

    सुनको मूल्य निरन्तर घट्दै

    पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९०० कायम भएको छ । शुक्रबार...

  • २०७६ भाद्र २९, आइतबार

    शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

    साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७।८७ विन्दुले घटेर एक हजार १४०।०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १।५४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३।७९ अङ्क अर्थात् १।४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२...

  • २०७६ भाद्र २७, शुक्रबार

    खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्न आग्रह

    बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार यहाँ आयोजित दशैँ, तिहार तथा छठ लक्षित आपूर्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महनिर्देशक योगेन्द्र गौचनले...

Pages