STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

झिनो अङ्कले बढ्यो नेप्से

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ७, मंगलबार

धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३।३६ विन्दुले बढेर एक हजार ३२०।४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।९० ले बढेर २८४।४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो । कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४।६७, व्यापार ८।२, होटल २।३२, निर्जीवन बीमा ८१।१७, उत्पादन १९।२२, जीवन बीमा ६१।४७ ले वृद्धि हुँदा विकास बैंक १०।२७, जलविद्युत् ०।७६, वित्त ३।४८, अन्य ७।४४ लघुवित्त २।४ र सामूहिक लगानी कोष ०।१५ ले घटेको छ । स्टकका अनुसार कारोवार आधारमा हिमालन बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २४ करोड ४६ लाख १७ हजार ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै हिमालयन डिस्टिलरीको रु १० करोड ५२ लाख ६१ हजार ७५६, एनआइसी एशियाको रु नौ करोड ४६ लाख १२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड २० लाख ६० हजार ९५६, शिवम् सिमेन्टस्को रु पाँच करोड ७० लाख १२ हजार ६१६, सूर्या लाइफ इन्स्योरेन्सको रु चार करोड ६२ लाख तीन हजार ८८९ र सानिमा बैंकको संस्थापक शेयर रु तीन करोड ९६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९।८२, ग्लोबल आइएमइ बैंक ९।७५, पाँचथर पावर कम्पनी ९।५२, स्पर्श लघुवित्त ५।९४, सामुदायिक लघुवित्त ५।९१, कालिका पावर ५।४९ र वेष्ट फाइनान्सका शेयरधनीले ४।९० प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ६।४८, आइसिएफसी फाइनान्स ६।०७, माहुली सामुदायिक लघुवित्त ५।९४, सिनर्जी पावर ५।६६, युनिभर्सल पावर ५।१२ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५।०८ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस