STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेप्सेमा साढे २६ अङ्कको गिरावट

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ६, सोमबार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६।५४ विन्दुले घटेर एक हजार ३१७।११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४।८६ ले घटेर २८३।५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५।८८, व्यापार ५४।५९, होटल ६४।०९, विकास बैंक ५२।८७, जलविद्युत् ४२।२२, वित्त २२।३३, निर्जीवन बीमा ११६।३१, उत्पादन ७१।९१, अन्य १३।५३, लघुवित्त ५७।८८, जीवन बीमा १५४।६५ र सामूहिक लगानी कोष ०।१८ ले घटेको छ । नप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । एनसिसी बैंक रु १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआइसी एशिया बैंक रु पाँच करोड ९८ लाख ४८ हजार ९०२, शिवम् सिमेन्ट रु पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी रु पाँच करोड ४४ लाख ९५ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे । मल्टीप्रपोज फाइनान्स कम्पनी ९।७७, ग्लाबेल आइएमई बैंक ९।७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २।६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २।५४, सिनर्जी पावर १।९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १।८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९।८२, हिमालयन पावर पार्टनर ९।४१, विशाल बजार कम्पनी ९।२२, पञ्चकन्या माई हाइड्रोपावर ८।६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८।३३ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस